स्वास्थ्य / शिक्षा

शिक्षा मन्त्रालयलाई सचेतपत्र

काठ्माडौं, ७ साउन । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले शिक्षा मन्त्रालयलार्ई विगतका सहमतिहरु कार्यान्वयनको लगि सचेततापत्र बुझाउँदै कडा चेतावनी दिएको छ । संगठनका अध्यक्ष सरद रसाइलीको नेतृत्वमा बुधबार शिक्षा मन्त्रालय पुगेका टोलीले बारम्बार अनुरोध गर्दा पनि अटेर गरे अाफै कारबाही गर्नेसम्मको आन्दोलन तालिका पेस गरेका थिए । गत वैशाख ६ गते भएको सहमति कार्यान्वयन […]

२०७२ श्रावण ७ गते, बिहीबार

मोर्डन स्कुलको गाडी जलाइयो

काठमाडौं, ६ साउन । अखिल क्रान्तिकारीले आज बिहानै कीर्तिपुर नजिकै मोर्डन इन्डियन स्कुलको गाडी जलाएको छ। नेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको भन्दै उनीहरुले गाडी जलाएका हुन् । विद्यार्थी नेताहरुले हालसम्म उक्त स्कुल विना दर्ता संचालन भएको दावी गरे । उनीहरुले उक्त स्कुलले कञ्चनजंघा हिमाल भारतमा पर्छ भनि लेखिएको पाठ्यक्रम पढाएको, भारतीय झण्डालाई नेपालको […]

२०७२ श्रावण ६ गते, बुधबार

संवैधानिक शिक्षक सेवा आयोगको माग

काठमाडौँ, ५ साउन । नेपाल शिक्षक महासङ्घले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव दिँदै शिक्षक नियुक्ति र पदोन्नतिको छनोट र सिफारिसका लागि संवैधानिक शिक्षक सेवा आयोगको प्रबन्ध गर्न माग गरेको छ । यस्तै समयानुकूल शिक्षालाई परिवर्तन र परिमार्जन गर्दै राज्यलाई निर्देशन र सिफारिस गर्न संवैधानिक उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्न, विद्यालय तहको शिक्षालाई निःशुल्क […]

२०७२ श्रावण ५ गते, मंगलवार

१५ वर्षभित्र एड्सको महामारी अन्त्य हुने

काठमाडौँ । सन् २०१५ सम्ममा डेढ करोड एचआइभी संक्रमितको उपचार गर्ने संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा भएको छ । राष्ट्रसंघले तय गरेको लक्ष्य निर्धारित समयभन्दा ९ महिना अगावै अर्थात् गत मार्च महिनामै हासिल भएको छ । सन् २००० मा संयुक्त राष्ट्रसंघले सहश्राब्दी विकाश लक्ष्य अन्तरगत एचआइभी विरुद्धको संघर्षमा समेत लक्ष्य तय गरेको थियो, जतिबेला ७ लाख […]

२०७२ श्रावण २ गते, शनिबार

निमावि अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशित

काठमाण्डौ, १ साउन । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सम्मिलित ९० हजार २३ जना परीक्षार्थी मध्ये २८ हजार २ सय ९२ जना उत्तीर्ण भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । यो ३१ दशमलव ४३ प्रतिशत हो । ७ सय १९ जनाको परीक्षा रद्ध भएको […]

२०७२ श्रावण १ गते, शुक्रबार

मुक्त कमलरीलार्इ प्राविधिक शिक्षा

काठमाडौँ, २८ असार । दातृ निकायको सहयोगमा कञ्चनपुरका चार जना मुक्त कमलरीले प्राविधिक शिक्षा पढ्ने मौका पाएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ नामक संस्थाले सञ्चालन गरेको कमलरी प्रथा उन्मूलन परियोजनाअन्तर्गत दुई जनाले सामान्य चिकित्सा (एचए), एक जनाले जेटिए र स्टापनर्स पढ्दै आएका छन् ।संस्थाले चारै जनालाई पढ्नका लागि आवश्यक शुल्क, कोठा भाडा, शैक्षिक […]

२०७२ असार २८ गते, सोमबार

विषालु च्याउ खाएपछि

काठमाण्डौ ,२७ असार । कैलालीको पहाडी क्षेत्र सहजपुर–२ बयँला गाउँमा विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् । गाउँ नजिकै रहेको जङ्गलबाट शनिबार दिउँसो टिपेर ल्याएको च्याउ बेलुका घरमा पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिए । च्याउ खाएर बिरामी हुनेमा १० महिला, ६ […]

२०७२ असार २७ गते, आईतवार

११७ किलो वजन घटाएपछि

काठमाडौं, २६ असार । ८ वर्षदेखि ओछ्यानमै रहँदै आएकी ४२ वर्षीया अमिता रजनीका लागि आफ्नो कोठाको झ्यालबाट चिहाउनु कुनै बेला अनौठो सपनाजस्तै लाग्थ्यो । तीन सय किलोभन्दा बढी वजन भएका कारण उनी आठ वर्षदेखि भसाईस्थित आफ्नो घरको ओछ्यानमा मुढाजस्तै लडिरहन्थिन् । हालै ११७ किलो वजन घटाउँदै उनी ओछ्यानबाट उठेर झ्यालको सामुन्ने उभिनसक्ने भएकी छन् । […]

२०७२ असार २६ गते, शनिबार

अस्थायी शिक्षकलाइ तोके बमोजिमको सुविधा देऊ : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले अस्थायी शिक्षकलाइ तोके बमोजिमको सुविधा दिन सरकारलाई १५ दिने म्याद दिएको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले अस्थायी शिक्षकलाई ऐनले व्यवस्था गरे बमोजिम सुविधा दिन शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगलाई यहि असार १५ गते पत्र लेखी उक्त ताकेता गरेको हो ।यदि म्याद भित्र फैसला कार्यान्वयन भएमा अस्थायी शिक्षकहरुले तोके […]

२०७२ असार २४ गते, बिहीबार

सर्पदंशको औषधि अप्रयाप्त

काठमाडौँ, २१ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले वर्षा र गर्मीसँगै तराईका जिल्लामा सर्पदंशका बिरामी बढ्दै गएको बताएको छ । हरेक दिनजसो सर्पदंशका बिरामी कुनै न कुनै अस्पताल पुग्ने गरेका महाशाखाले जनाएको छ । तर सर्पदंशका बिरामी बढ्दै गए पनि यस विरुद्धको औषधि भने आवश्यकता अनुसार सरकारसँग छैन । झण्डै अबको एक महिनालाई पुग्ने […]

२०७२ असार २१ गते, सोमबार