स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन केन्द्रित अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले उपत्यकामा राष्ट्रिय सम्मेलन केन्द्रित अभियान संचालन गरेको छ।सोमबारबाट सुरु भएको अभियानमा अभियान टोली त्रिभुवन विश्वविद्यालय, क्याम्पस जिल्ला, भक्तपुर, CTEVT बाट सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयमा भएको भेटघाट तथा छलफलमा संगठनका अध्यक्ष प्रकाश सीको सहभागिता रहेको थियो भने क्याम्पस जिल्लाको अभियानमा संगठनका उपाध्यक्ष नरेन्द्र सी यस्तै CTEVT […]

२०८० मंसिर १९ गते, मंगलवार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सी ले अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न हुने गरी तयारी गर्न निर्देशन दिएको छन । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको तयारीको लागि मध्य कमाण्डको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएकि हुन् । उनले विद्यार्थी भनेको राष्ट्रको महत्वपूर्ण खम्बा भएको […]

२०८० मंसिर १८ गते, सोमबार

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा आधा परीक्षार्थी मात्रै पास

काठमाडौँ । विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । उक्त परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का […]

२०८० मंसिर १७ गते, आईतवार

‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’

काठमाडौँ । सिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ। नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ […]

२०८० मंसिर १६ गते, शनिबार

विश्व एड्स दिवस मनाईंदै

काठमाडौँ । आज डिसेम्बर १ , ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ […]

२०८० मंसिर १५ गते, शुक्रबार

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्न नयाँ मापदण्ड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । […]

२०८० मंसिर १४ गते, बिहीबार

आठ प्रकारका कडा रोगको उपचारमा सहुलियत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको छ ।उनले विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा […]

२०८० मंसिर १४ गते, बिहीबार

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यस वर्षदेखि वितरण नगर्ने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणालीअनुसार सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए ।“स्नातकोत्तर तहको […]

२०८० मंसिर १३ गते, बुधबार

त्रिविको जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग बन्द हुने अवस्थामा

काठमाडौँ । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त […]

२०८० मंसिर १३ गते, बुधबार

विद्यालयमा पोषण बगैंचा !

काठमाडौँ । बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक फुडको उपभोग कम गर्न पोषण बगैचा निर्माण गर्न थालिएको हो । रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मसिनाको सूर्याेदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले फुलवारी नभइ पोषणका लागि विद्यालय […]

२०८० मंसिर १२ गते, मंगलवार