मुख्य समाचार

बम विस्फोटका सहिदहरूप्रति श्रद्धाञ्जली , सहिदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता

काठमाडौ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

गृहमन्त्री थापाको भनाइप्रति सांसदहरुको गम्भीर आपत्ति

काठमाडौ, १३ जेठ । गृहमन्त्री राम बहादुर थापाको भनाइप्रति सांसदहरुले गम्भीर आपत्ति जनाएका छन् । गृहमन्त्री थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने अभिव्यक्ति दिए पछि सांसदहरुले आपत्ति जनाएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा देशको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको […]

२०७६ जेष्ठ १३ गते, सोमबार

आज नेपाल बन्द , जनजीवन अस्तव्यस्त

काठमाडौं, १३ जेठ । सरकारले गत फागुन २८ गते पार्टीमाथि प्रतिबन्ध लगाएसँगै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएपछि यसको बिरोध गर्दै आएको छ । यसै क्रममा भोजपुरमा उक्त पार्टीको युवा संगठनका नेता तिर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको बिरोधमा आज ने.क.पा.ले नेपाल बन्दको आह्वान गरेको छ । नेपाल बन्दका कारण देशभरको जनजीवन अस्तव्यस्त त […]

२०७६ जेष्ठ १३ गते, सोमबार

भ्रमपूर्ण समाचार नछाप्न चेतावनी

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्न चेतावनी दिएका छन । महासचिव विप्लवले आइतबार विज्ञप्तिमार्फत अन्नपूर्ण पोष्ट अनलाइनमा “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा शम्भु कट्टेलको बाइलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्र नभएर घोर आपत्ति रहेको जनाएका छन । ‘उक्त समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक र […]

२०७६ जेष्ठ १३ गते, सोमबार

आज नेपाल बन्द, ठाउँठाउँमा विस्फोट र आगजनी, सडकहरु सुनसान

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । भोजपुरमा पार्टीको युवा संगठनका नेता तिर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको बिरोधमा ने.क.पा.ले नेपाल बन्दको आह्वान गरेको हो । सरकारले फागुन २८ गते पार्टीमाथि प्रतिबन्ध लगाएसँगै पार्टीका नेता–कार्यकर्ताहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएपछि यसको बिरोध गर्दै आएको ने.क.पा. एक जना कार्यकर्ताको […]

२०७६ जेष्ठ १३ गते, सोमबार

भोलि नेपाल बन्द !

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि (जेठ-१३) गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका युवा संगठनका सदस्य तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा भोलि नेपाल बन्दको घोषणा गरेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि गत बुधबार एक विज्ञप्तिमार्फत जेठ […]

२०७६ जेष्ठ १२ गते, आईतवार

गिरफ्तार बिद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग

काठमाडौं, ११ जेठ । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जिबी ढकालले एनसेलले कर नतिरेको र वालुवाटारको जग्गा अतिक्रमणको बिरोधमा तीन वटा बिद्यार्थी संगठनले संयुक्त रुपमा गरेको बिरोध कार्यक्रममा सहभागी रमेश सुनार, तारा सन्ज्याल, बिरेन्द्र लुहार र बुद्धहाङ्ग राईलाई गिरफ्तार गरेकोमा घोर भर्त्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल […]

२०७६ जेष्ठ ११ गते, शनिबार

‘ अर्बौं रुपैयाँ कर छल्ने एनसेल र बालुवाटार अतिक्रमणकारीलाई छाड्दैनौं’

काठमाडौं, १० जेठ । अखिल (क्रान्तिकारी)ले शुक्रबार अर्बौं रुपैयाँ कर छल्ने र बालुवाटारको सरकारी जग्गा हडप्ने अतिक्रमणकारीलाई कारवाही गरेरै छाड्ने चेतावनी राजधानीमा दिएको छ । शुक्रबार राजधानीमा अखिल (क्रान्तिकारी)सहित तीन विद्यार्थी संगठनले संयुक्त रुपमा ‘भ्रष्ट एनसेल र बालुवाटारको सरकारी जग्गा अतिक्रमणकारी विरुद्ध’ विरोध प्रदर्शन गर्दै आयोजित विरोध सभामा बोल्दै विद्यार्थी नेताहरुले सो चेतावनी दिएका हुन् […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

ने.क.पा.का नेता प्रज्वलनसहित चार जना अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित चार जना नेताहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । शुक्रबार अदालतको आदेशमा रिहा भएका प्रज्वलनसहित नेकपा रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु देवराज घिमिरे र सञ्जिव कार्कीलाई प्रहरीले अदालत परिसरबाटै पुन गिरफ्तार गरेको हो । नेता प्रज्वलनलाइ काभ्रेमा अर्काे मुद्वा भएकाेले त्यता […]

२०७६ जेष्ठ ११ गते, शनिबार

बिद्यार्थीको कार्यक्रममा प्रहरी हस्तक्षेप, दुई जना गिरफ्तार

काठमाडौं, १० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) र गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) द्वारा काठमाडौंको शान्तिवाटिकामा आयोजित बिरोध कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले दुई जना सहभागी बिद्यार्थीलाई गिरफ्तार गरेको छ । एनसेलले कर नतिरेको र वालुवाटारको जग्गा अतिक्रमणको बिरोधमा तीन वटा बिद्यार्थी संगठनले […]

२०७६ जेष्ठ १० गते, शुक्रबार