मुख्य समाचार

‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन् । उनले आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देश मार्फत भनेका छन – ‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको […]

२०८२ भाद्र २५ गते, बुधबार

जेनजीबाट कुटिए देउवा दम्पती

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती घरमै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

२०८२ भाद्र २४ गते, मंगलवार

नेपाली सेनासहित सुरक्षा निकायको अपिल- संवादमार्फत शान्तिपूर्ण समाधान निकालौं

काठमाडौँ । नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।उनीहरुले भनेका छन् – […]

२०८२ भाद्र २४ गते, मंगलवार

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा स्वीकृत गरेका छन । जेनजी आन्दोलन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रधानमन्त्री ओलीले राजिनामा दिएका हुन्।

२०८२ भाद्र २४ गते, मंगलवार

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

२०८२ भाद्र २४ गते, मंगलवार

जेनजी पुस्ताको आन्दोलनमाथि सरकारी दमन बन्द गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जेनजीको आन्दोलनमाथि सरकारी दमन रोक्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा जेनजीको आन्दोलनको बिषयमा सरकारले आन्दोलनरत पक्ष र राजनितिक पार्टीसंग कुनै छलफल नै नगरी आन्दोलनमाथि ब्यापक दमन गर्नु निन्दनीय भएको बताउंदै जेनजीमाथिको दमन रोक्न […]

२०८२ भाद्र २३ गते, सोमबार

नेकपा स्थायी समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अपरान्ह सम्पन्न भएको बैठकले केन्द्रीय समिति बैठकका एजेण्डाहरु तय गरेको बताइएको छ ।सो पार्टीको स्थायी समिति बैठक समपन्न भए पश्चात आजदेखि पोलिटब्युरो बैठक बस्दैछ । बैठकले आगामी भदौ २२ गतेदेखि बस्न लागेको केन्द्रीय समिति बैठकका प्रस्ताव र व्यवस्थापन‌को विषय‌मा योजना निर्माण गर्ने […]

२०८२ भाद्र १९ गते, बिहीबार

समाजवादी यात्रा कम्युनिष्ट एकताबिना असंभव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादी यात्रा कम्युनिष्ट एकताबिना असंभव भएको ठोकुवा गरेका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठानद्वारा बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो सपना भएको […]

२०८२ भाद्र १२ गते, बिहीबार

‘एमसीसी’ संसदबाट अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले संसदबाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको ठोकुवा गरेका छन् । आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी अनुमोदन गर्नु आत्मसमर्पणवादी कदम भएको ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको […]

२०८२ भाद्र ८ गते, आईतवार

भारत चीनबिचको भएको लिपुलेक सहमति खारेज गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीलगायत ९ वटा वामपन्थी पार्टी तथा राजनीतिक संगठनहरुले भारत र चीनबिच भएको लिपुलेक सहमति खारेजीका लागि तत्काल पहल गर्न नेपाल सरकारसंग जोडदार रुपमा माग गरेका छन् ।९ वटा वामपन्थी पार्टी तथा राजनीतिक संगठनहरुले शुक्रबार संयुक्त बिज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुने गरी नेपालको भूभागमा दुई देशले व्यापारिक नाका […]

२०८२ भाद्र ७ गते, शनिबार