मुख्य समाचार

माओबादीद्वारा आन्दोलनको घोषणा , आज मशाल जुलुस

काठमाडौं, १२ बैशाख । नेकपा माओवादीले काठमाडौंको कपन स्थित बालउद्धार उमाविमा आयोजना गरेको आन्तरिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि उसले आन्दोलनको घोषणा गरेको छ । यसै क्रममा माओवादीले आज बेलुकी ६ बजे मशाल जुलश प्रदशन गर्ने भोलि बैशाख १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने र बैशाख १४ गते देखि दोस्रो चरणका संघर्षको कार्यक्रमहरु घोषणा गर्ने बताएको […]

२०७३ बैशाख १२ गते, आईतवार

माओवादीको आन्तरिक कार्यक्रममा प्रहरीको हस्तक्षेप

काठमाडौं ११ बैशाख । नेकपा माओवादीको आन्तरिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । माओवादीको काठमाडौं जिल्ला मातहतको आन्तरिक प्रशिक्षण कार्यक्रममा प्रहरीले व्यापक धरपकड गर्दै प्रहरीले सो हस्तक्षेप गरेको हो । काठमाडौंको कपन स्थित बालउद्धार उमाविमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा प्रहरीले व्यापक धरपकड गरेको नेकपा माओवादीले जनाएको छ। धरपकडपछि प्रहरीले माओवादीका ४ जना नेता […]

२०७३ बैशाख १२ गते, आईतवार

पाखण्डी शासकबाट जनताले केही पाउनेवाला छैनन् : वास्तोला

काठमाडौं, ११ बैशाख । नेकपा माओवादी नेता धर्मेन्द्र वास्तोलाले अहिलेको सरकार अर्धमरो अवस्थामा पुगेको बताएका छन् । माओवादीका स्थायी समिति सदस्य समेत रहेका वास्तोलाले यो सरकार पाखण्डहरुको चलाएको र त्यसबाट जनताले केही पाउन नसक्ने बताए । माओवादीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्चअन्तर्गत रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता वास्तोलाले अहिलेको […]

२०७३ बैशाख ११ गते, शनिबार

माओवादीद्वारा १५ रोपनी जग्गा कब्जा

काठमाडौँ, ११ वैशाख । नेकपा माओवादीले उदयपुर जिल्लाको पश्चिम पहाडी गाविस लेखानी २ ,को घुर्मी बजार स्थित बालकुमारी गौतमको नाममा रहेको जग्गा कब्जा गरेको छ । पार्टी जिल्ला सेक्रेटरी केदार राई हस्ताक्षरित गरिएको विज्ञप्तिमा लेखानी–२ ,मा रहेको ‘ख’ कित्ता नम्बर ४८’ को १५ रोपनी ,१२ आना जग्गा पार्टीले कब्जा गरेको बताइएको छ । विज्ञप्तीमा मोदनाथ […]

२०७३ बैशाख ११ गते, शनिबार

जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा म लिन्छु : अध्यक्ष दाहाल

काठमाडौं, ११ बैशाख । एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताएका हुन् । सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा […]

२०७३ बैशाख ११ गते, शनिबार

जनयुद्धकालीन मुद्दा खारेज गर्न आग्रह

काठमाण्डौ ,९ वैशाख । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (माओवादी) संयोजक मात्रिका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले बृहत शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाहरु अविलम्व खारेज गर्न माग गरेका छन् । उनीहरुले संयुत्त विज्ञप्ती निकालेर जनयुद्धकालीन मुद्दाहरुलाई उल्टाइए बृहत […]

२०७३ बैशाख ९ गते, बिहीबार

भारतीय दलालको आरोप नलगाउ : बाबुराम

काठमाडौं, ९ बैशाख । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलालको आरोप नलगाउन आग्रह गरेका छन् ।पर्सामा आज आयोजित कार्यक्रममा उनले संविधान जारी भएलगत्तै आफूले मधेसको मागका लागि सांसदबाट राजीनामा दिएको जिकिरसमेत गरे । तर, विभिन्न कोणबाट आफूलाई भारतीय दलाल भन्ने गरेको उनले गुनासो गरे । तराईमा दुई प्रदेश बन्नुपर्ने आफ्नो […]

२०७३ बैशाख ९ गते, बिहीबार

फास्टट्रयाक भारतलाई नदेउ : माओवादी ( अपिल सहित )

काठमाडौं, ५ वैशाख । नेकपा माओवादीले काठमाडौं निजगढ फास्टट्रयाक निर्माणको जिम्मा भारतलाई दिन लागेको भन्दै राजधानीमा बिरोध प्रदर्शन गरेको छ । माओवादीको उपत्यका ब्यूरोको आयोजनामा भएको प्रदर्शन शान्तिबाटिकाबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः शान्तिबाटिकामा पुगेर कोणसभामा परिणात भएको थियो । सरकारले २०७१ चैतमा नै फास्टट्रयाक बनाउका लागि भारतीय निजी कम्पनीलाई दिने निर्णय गरेको […]

२०७३ बैशाख ५ गते, आईतवार

राज्यबाट एक रुपैयापनि सहयोग लिएको छैन – धुर्ब बिक्रम मल्ल

काठमाडौं । भारतको चेन्नई स्थित एम आइ ओं टी हस्पिटलमा ४ जनवरी २००० मा काका बिष्णु बिक्रम मल्लबाट मृगौला दान पाइ नयाँ जीवन शुरु गरेका बालाजु कराते डो एकेडेमिका अध्यक्ष धुर्ब बिक्रम मल्लले बाकी जीवन खेल क्षेत्र मार्फत रास्ट्रको निम्ति लगानी लगाउदै आएका छ्न। सार्क ट्रान्सप्लान्ट गेम,भारत चेन्नाइ,मा १०० र २०० मिटर दौडमा गोल्ड मेडल,त्यस्तै […]

२०७३ बैशाख ५ गते, आईतवार

एमाले नेताहरुका बीच दूरी र धुरी चुलिँदै

काठमाडौँ । विवाद, फुट र गुटबन्दी एमालेले धेरै झेलेको छ । २०५४ सालमा बामदेव गौतमले महाकाली सन्धिको विरोधको नाममा पार्टी नै फुटाए । तर, पछि संसद्मा एक सिट पनि ल्याउन नसके पछि उनी फेरि एमालेमै फर्किए । नवौं महाधिबेशन आसपासबाट भने विरोध र असहमतिका बीच पनि एमाले एकढिक्का भएको देखिएको थियो । तर, पछिल्लो समय […]

२०७३ बैशाख ४ गते, शनिबार