मुख्य समाचार

जनयुद्धको दिवसको अवसरमा शुभकामना तथा चियापान समारोह हुदै

काठमाडौं, १ फागुन । २१ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीको आयोजनामा आज बुटवलमा शुभकामना आदानप्रदान तथा चियापान समारोह साथै दिप प्रज्वलन तथा बृहत -यालीसहित जनयुद्ध दिवसको सम्झना गरिदैंछ । बुटवलस्थित होटल न्यु ईरामा विहान ८ बजे चियापान समारोह त्यस्तै दिउँसो १ बजे पार्टी कार्यालय रातो घरबाट हजारौं कार्यकर्तासहित विशाल ¥याली गरी कोणसभामा परिणत हुदैछ […]

२०७२ फाल्गुन १ गते, शनिबार

नेपालको आन्तरिक मामिलामाथि भारतको ठाडो हस्तक्षेप

काठमाडौं, २९ माघ । नेपालको आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गर्दै आएको भारतले नेपालको स्वाभिमानमा ठेस लाग्ने गरि नेपाली सेनालाई तेस्रो मुलुकमा खटाउने प्रस्ताव गरेको छ। हालै मात्र ब्रुनाई भ्रमणमा गएका भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले ब्रुनाइमा नेपाली गोर्खा आर्मीलाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गरेको समाचार बाहिर आएको छ। ब्रुनाईमा गोर्खा आर्मीलाइ रक्षार्थ खटाउने प्रस्ताव अगाडी […]

२०७२ माघ २९ गते, शुक्रबार

गुल्मीमा पनि जनसरकार

काठमाडौ, २५ माघ । नेकपा माओवाादी गुल्मीले जिल्ला जनसरकार घोषणा गरेको छ । पार्टीले बैकल्पिक सत्ता सञ्चालन गर्ने भन्दै माओवादी गुल्मीले जिल्ला जनसरकार घोषणा गरेको हो । आइतबार घोषणा गरिएको जनसरकार १३ सदस्य रहेको माओवादी श्रोतले वतायो । श्रोतका अनुसार जिल्ला जनसरकार प्रमुखमा गोबिन्द बिक ‘आकाश ‘ र उपप्रमुखमा प्रशान्त बराल रहेको वताईएको छ । […]

२०७२ माघ २५ गते, सोमबार

न्यू जयलक्ष्मी गहनागृहलाई सुन तस्करीको आरोप

काठमाडौँ । काठमाडौँको न्यूरोडमा रहेको न्यू जयलक्ष्मी गहनागृहले सुनका गहना बन्धकी राखी मिटरवाला ब्याज असुली गरेको र सुन तस्करीमा समेत संलग्न भएको भन्दै हेलो सरकारमा उजुरी परेको स्रोतले बताएको छ । यस अघि पनि उक्त गहना गृहले नापतौल, गुणस्तर, ज्याला, जर्ती र सुन बन्धकी राखी ४० प्रतिशतसम्म ब्याज असुली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

२०७२ माघ २३ गते, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ गते तय

काठमाडौ, २३ माघ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि सुरु हुने प्रारम्भिक तालिका तय भएको छ । १३५ दिनको लगातार नाकाबन्दीपछि रक्सौल नाका बीरजगंज शुक्रबार नाका सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित कुटनीतिक नियोगलाई जानकारी गराएको छ। स्रोतका अनुसार फागुन ७ गते प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली […]

२०७२ माघ २३ गते, शनिबार

प्रधानमन्त्री भारत भ्रमणको तयारीमा

काठमाडौ , २१ माघ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेललाई प्रम ओलीको भ्रमणको तयारीका लागि माघ २५ मा भारत पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनमा गर्ने भनिएको भ्रमणबारे छलफलका लागि अर्थमन्त्री विष्णु पौडेल भारत जाने लागेका हुन् । ‘प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने भनिएको भ्रमणबारे आपसी छलफलका लागि अर्थमन्त्री […]

२०७२ माघ २१ गते, बिहीबार

न्यू जयलक्ष्मी गहनागृहको ठगीविरुद्ध ठाउँठाउँमा उजुरी

काठमाडौं, १७ माघ । काठमाडौँको न्यूरोडमा रहेको श्री न्यू जयलक्ष्मी गहना गृहले ठगी गरेको भन्दै ग्राहकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागलगायतको सरकारी निकायमा उजुरी गरेको प्रमाण प्राप्त भएको छ । उक्त गहना गृहले ज्याला, जर्ती, तौल र गुणस्तरमा ठगी गरेको र अवैधरुपमा सुन बन्धक राखी सयकडा ४० प्रतिशतसम्म ब्याज लिने गरेको भन्दै […]

२०७२ माघ १७ गते, आईतवार

‘ नेपालको संविधान तत्काल खारेज गर्नुपर्छ ‘

काठमाडौं, १६ माघ । आदिवासी जनजातिका अगुवाहरुले नेपालको संविधान तत्काल खारेज गर्न माग गरेका छन । उनीहरुले नेपालको संविधान तत्काल खारेज नगरे चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । काठमाडौंमा आज गरिएको विरोधसभामा सहभागी आदिवासी जनजातिका अगुवाहरुले संविधानले आफूहरुका माग सम्बोधन नगरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले नयाँ संविधानले आदिवासी, […]

२०७२ माघ १६ गते, शनिबार

प्रचण्ड प्रधानमन्त्री बन्ने प्रपन्च रच्दै

काठमाडौं । एकीकृत नेकपा माओवादी सरकारको नेतृत्व हत्याउने खेलमा लागेको छ । एमाओवादीले स्थायी समितिको बैठकवाट सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै घुमाउरो पाराले सरकार ढल्ने खेलमा लागेको चर्चा राजनीतिक वृतमा चल्न थालेको छ । एमाओवादीको स्थायी समितिको बैठकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय समेत गरेको छ । सम्भबत: नेपाली कांग्रेसको महाधिबेशनपछि […]

२०७२ माघ १४ गते, बिहीबार

सुजाताद्वारा सभापतिमा उम्मदवारी दिने उदघोष

काठमाडौ, १४ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापति पदमा उम्मदवारी दिने औपचारिक घोषणा गरेकी छन् । विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेतृ कोइरालाले सभापतिमा उठ्ने औपचारिक घोषणा गरेकी हुन् । उनले पार्टी सभापतिमा वर्तमान सभापति सुशील कोइरालाले पनि आफूलाई सघाउने आशा राखेको बताइन् । नेपाली कांग्रेसको सकारात्मक रुपान्तरणका लागि आफूले […]

२०७२ माघ १४ गते, बिहीबार