मुख्य समाचार

अखिल नेपाल शिक्षक संगठनद्वारा सरकारको गैह्र कानुनी कार्यकाे घोर भत्र्सना

काठमाडौं , ६ जेठ । अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुका अनसनप्रति सरकारको गैर कानुनी कार्यप्रको घोर भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षक संगठनका महासचिव रमेश रुपाखेतीले सोमबार एक विज्ञप्तिमार्फत शिक्षकहरुका अनसनप्रति सरकारको गैर कानुनी कार्यप्रति घोर भत्र्सना गरेका हुन् । विज्ञप्तिमा ‘अस्थाई शिक्षकहरुले विभिन्न माग राखी २०७६ बैशाख २० गतेदेखि शान्तिवाटीकामा अनसन […]

२०७६ जेष्ठ ६ गते, सोमबार

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौं, ५ जेठ । नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा गत बैशाख २७ गते दर्ता भएको बिद्येयक प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।महासंघले मिडिया काउन्सिलसम्बन्धी […]

२०७६ जेष्ठ ५ गते, आईतवार

मिडिया काउन्सिल विधेयकको सर्बत्र विरोध , सरकार कै लागि महंगो सावित हुने ठोकुवा

काठमाडौं, ४ जेठ । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकको विरुद्धमा पाँच पत्रकार संगठन संघर्षका कार्यक्रमसहित एक ठाउँमा उभिएका छन् । पाँच संगठनहरुले संयुक्त पत्रकार संघर्ष समिति बनाएर सो बिधेयक बिरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारले छलफलका लागि संसदमा दर्ताका गरेको मिडिया काउन्सिल विधेयकको विभिन्न दलहरुले घोर विरोध गरेका छन् […]

२०७६ जेष्ठ ४ गते, शनिबार

आज रुपन्देही बन्द

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आज रुपन्देही जिल्ला बन्दको आव्हान गरेको छ । बुद्ध जयन्ती मनाउन प्रधान मन्त्रि केपि वलि रुपन्देही पुगेपछि सो पार्टीले आज रुपन्देही बन्द गरेको हो । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म प्रधान मन्त्रि केपि वलि जुन जिल्लामा पुगेपनि बन्द गर्ने घोषणा गरेको र सोहि बमोजिम पार्टीले आज बन्दको […]

२०७६ जेष्ठ ४ गते, शनिबार

अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल रिहा

काठमाडौं, ३ जेठ । अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा कानुन व्यावसायी चिरन्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रवार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका हुन् । शुक्रवार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले उनलाई […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

पत्रकारद्वारा संसद भवन बाहिर विरोध प्रदर्शन

काठमाडौं, ३ जेठ । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध काठमाडौंको संसद भवन बाहिर विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको नयाँ बानेश्वर स्थित संसद भवन बाहिर विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका हुन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

‘प्रतिबन्ध साम्राज्यवादसामु आत्मसमर्पणको परिणाम’

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति भएको ठोकुवा गरेका छन । उनले उनले रातो खबर अनलाइन टेलिभिजनलाई दिएको अन्तरवार्तामा सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

जेठ ६ गते धादिङ बन्द

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी धादिङले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारीगरेको विज्ञप्तीमा भनिएको छ -‘ हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

सस्तो बजारका व्यापारीद्वारा जनअदालतमा मुद्दा

काठमाडौं, २ जेठ । पोखरा पृथ्वीचोकस्थित सस्तो बजारका व्यापारीबाट ठेकेदारले धरौटी लिएको ३७ लाख रकम फिर्ता नगरी पचाउन खोजेपछि नेपाल कम्युनिस्ट पार्टीको जनअदालतमा उजुरी परेको छ । आफ्नो पार्टीको जन अदालतमा उजुरी परेपछि नेकपा कास्कीले तत्काल व्यापारीको रकम फिर्ता गर्न भन्दै बिचौलियाहरुलाई आग्रह गर्दै बिहीबार प्रेस विज्ञप्ति जारी गरेको छ । ‘नेपाल वायुसेवा निगमको स्वामित्वमा […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

‘नेकपा नेता बम र बिद्यार्थी नेता ढकाललाई लिखित जवाफसहित उपस्थित गराउ ‘

काठमाडौं, १ जेठ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’र अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा अधिवक्ता चिरन्जीवी ढकाललाई गिरफ्तार गर्नुको लिखित कारणसहित अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी गरेको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको मागसहित दायर दुई छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरणको रिटमाथि बुधवार सुनुवाई गर्दै सर्वोच्च अदालले […]

२०७६ जेष्ठ २ गते, बिहीबार