कर्मचारी अध्यादेश नसच्याइए आन्दोलन !
काठमाडौं, २७ मंसिर । राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेकपानिकट सो संगठनले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष गोपाल सिंह धामीले हालै सरकारले ल्याएको कर्मचारी समायोज अध्यादेशले कर्मचारीलाई निरुत्साहित पार्ने काम गरेको ठोकुवा गरे । […]
२०७५ मंसिर २७ गते, बिहीबार