मुख्य समाचार

सापकोटालाई जनकारवाही

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरस्थित क्यान्सर अस्पतालका कानुनी सल्लाहकार गोकर्ण सापकोटालाई कालोमोसो दलेको छ । सापकोटाले अस्पतालमा व्यापक आर्थिक अनियमितता गरेको, पहुँचको भारमा उमेर नाघिसक्दा पनि सेवामा रहेको, मेसिन खरिदमा कमिसन आएको, धेरै पदमा बसेर आर्थिक भार पार्नुको साथै गलत कार्य गरेको भन्दै चेतनावनीस्वरुप कालोमोसो दलेको हो । आज विहान अस्ताल चोकमा […]

२०७४ चैत्र ३ गते, शनिबार

बाकेमा जनसरकार

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले बाकेमा जनसरकार गठन गरेको छ । केन्द्रीय जनप्रतिनिधि सभा अध्यक्ष उमा भुजेलको प्रमुख आतिथ्यमा बाके जिल्ला जनप्रतिनिधि सभाको प्रथम अधिवेशन सम्पन्न भएको हो । विशेष अतिथि नेकपा पिबिएम निर्माण , अतिथिहरु भेरी ब्यूरो इन्चार्ज विश्व, बाके जिल्ला इन्चार्ज /सेक्रेटरी अर्जुन,सेती ब्यूरो सदस्य भगत सिंह लगायतको उपस्तिथिमा सप्पन्न सो […]

२०७४ चैत्र ३ गते, शनिबार

बारामा जनसरकार

काठमाडौँ, २ चैत । नेपाल कम्युनिस्ट पार्टीले बारामा जनसरकार गठन गरेको छ । २१ सदस्यीय जनसरकारले दलाल र भ्रष्टचारीका विरुद्ध आक्रामक कार्वाही गर्ने बताएको छ । नेकपाका नारायणी ब्युरो इन्चार्ज मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जन प्रतिनिधीसभा बाराको प्रथम जिल्ला अधिवेशनले अर्जुन सापकोटालाई सभाध्यक्षमा निर्वाचित गर्नुका साथै २१ सदस्यीय जिल्ला जनप्रतिनिधी सभा गठन गरिएको छ […]

२०७४ चैत्र २ गते, शुक्रबार

नेकपाद्वारा मेयर रेणु दाहालको राजीनामा माग

काठमाडौँ, २ चैत । नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी पुत्री रेणु दाहालको राजीनामा माग गरेको छ । दाहालसंग पत्रमार्फत राजीनामा माग गर्दै राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने चेतावनी समेत दिएको छ । जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार्फत् चेतावनी दिएका हुन् […]

२०७४ चैत्र २ गते, शुक्रबार

नेकपाद्वारा कैलाली बन्दको आव्हान

काठमाडौँ, २ चैत । नेकपा कैलालीले आफ्ना नेताकार्यकर्ता पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घोडाघोडी नगरपालिकाको ५ देउकलियामा राधा चौधरीमाथि भएको बोक्सीकाण्डमा विवादित नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथि भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले नेकपा कैलालीका ४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । एक विज्ञप्ती जारी गर्दै समाजमा भएका विकृतीका […]

२०७४ चैत्र २ गते, शुक्रबार

जनपरिषदद्वारा पाँच बुँदे ज्ञापनपत्र , पूरा नभए जनकारवाही थाल्ने चेतावनी

काठमाडौं , २ चैत । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद्ले विभिन्न माग राखी जिल्ला प्रशासन कार्यालय अछाममा बुझाएको ज्ञापनपत्रले खैलाबैला मच्चिएको छ । जिल्ला जनपरिषद प्रमुख निरक शाहीले हस्ताक्षर गरेको पाँच बुँदे ज्ञापनपत्रमा कार्यान्वयनको समय सीमा समेत तोकिएको छ । जनपरिषदले स्थानीय तहमार्फत भइरहेका सडक निर्माणमा डोजरको प्रयोगले भ्रष्टाचार संस्थागत भएको, पर्यावरणीय असर […]

२०७४ चैत्र २ गते, शुक्रबार

महतमाथी बोत्तल प्रहार

काठमाडौं , २ चैत । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथी बोत्तल प्रहार भएको छ । नुवाकोट दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा दुप्चेश्वर–३ का रामहरी खड्काले उनको टाउकोमा ताकेर बोत्तल हानेका हुन । बोतल प्रहार गर्ने खड्कालाई प्रहरीले तत्कालाई नियन्त्रणमा लिएको थियो । दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल […]

२०७४ चैत्र २ गते, शुक्रबार

‘राजनैतिक समस्या समाधान नगरि शैक्षिक क्षेत्रका समस्या समाधान हुदैन ‘

काठमाडौं , २ चैत । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष चिरन्जीवि ढकालले शिक्षाले देशमा भएको प्राकृतिक स्रोत साधनसँग मानव श्रम जोड्न आवश्यक रहेको बताएका छन । दाङको घोराहीमा राष्ट्रिय सम्मेलनको जानकारीका दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले अहिलेको अवैज्ञानिक पाठ्यक्रमका कारण शिक्षालाई मानव जीवनको सहजीकरण र सामाजिकीकरण गर्न नसकिएकाले वैज्ञानिक शिक्षाको आवश्यक भएको बताए […]

२०७४ चैत्र २ गते, शुक्रबार

प्रचण्डलाई प्रहार – कुर्सीका लागि माओवादीलाई एमालेमा नहोम

काठमाडौं , १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईलाई पुन पार्टीमा फर्किन आग्रह गरेका छन । उनले बाबुरामले माओवादी छाडेर गम्भीर गल्ती गरेको भन्दै बिहीबार पुन पार्टीमा फर्किन आग्रह गरेका थिए । प्रचण्डको आग्रहको केही समयपछि नै डा. भट्टराईले ट्विटरमार्फत प्रचण्डलाई कडा प्रहर गरेका छन् । उनले प्रचण्डले सिंगो माओवादीलाई नै […]

२०७४ चैत्र १ गते, बिहीबार

बर्दियामा जनसरकार

काठमाडौं, १ चैत्र । नेपाल कम्युनिष्ठ पार्टी बर्दियाले जिल्ला जनपरिषद गठन गरेको छ । भ्रष्टाचार, महंगी नियन्त्रण गर्नुको साथै जनताका दैनिक जनजिवीका सँग सम्बन्धित मुद्दामा सं‌घर्ष गर्ने उद्देश्यले टिकाराम चौधरीको संयोजकत्‍वमा १७ सदस्य जिल्ला जनपरिषद गठन गरिएको नेकपाले जनाएको छ । पार्टीले गठगन गरेको केन्द्रीय जनप्रतिनिधि सभा सभामुख उमा भुजेलको प्रमुख अतिथ्यमा जिल्ला जनपरिषद्को पहिलो […]

२०७४ चैत्र १ गते, बिहीबार