मुख्य समाचार

थबाङमा जनसरकार

काठमाडौ, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको थबाङमा जनसारकार घोषणा गरेको छ । उसले थबाङ गाउँपालिका स्तरको जनभेला गरेर जनसरकार घोषणा गरेको बताएको छ । नेकपाका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख सन्तोस बुढामगरको प्रमुख आतिथ्यमा भएको सो भेलाले थबाङ कै चर्चित अजम्बरी जनकम्युनका प्रमुख किताब घर्ती प्रमुख, जितबहादुर रोका– उपप्रमुख, प्रवक्ता – हितप्रसाद […]

२०७४ असार १२ गते, सोमबार

नेकपाद्वारा षड्यन्त्र र अनर्गल प्रचार गर्नेलाई कारबारही गरि छाड्ने उदघोष

काठमाडौं, ११ असार । नेकपाले असार १३ गते १,५ र ७ प्रदेश बन्द आव्हान गरेको छ । उसले पार्टीको चुनाव खारेजी तथा जनप्रतिरोध अभियानलाई गुणात्मकता प्रदान गर्न असार १३ गते मेची, कोशी, सगरमाथा, जनकपुर, लुम्बीनी, राप्ती, भेरी, सेती र महाकाली अञ्चल (असाढ १४ गते निर्वाचन हुने क्षेत्र र जिल्लाहरु)मा बन्द आयोजना गरिएको बताएको छ । […]

२०७४ असार ११ गते, आईतवार

निषेधको राजनीति

काठमाडौं, ११ असार । सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको छ । दोस्रो चरणको निर्वाचन यही असार १४ गते हुँदैछ भने राष्ट्रिय जनता पार्टीको माग पूरा गरी असोज २ गते २ नं. प्रदेशमा निर्वाचन गर्ने मिति तोकिएको छ । एकै चरणमा सम्पन्न गर्नुपर्ने निर्वाचन सरकारले आपूm अनुकूल विभिन्न चरणमा गरेर सम्पन्न गर्न लागेको […]

२०७४ असार ११ गते, आईतवार

सुकुम्बासीहरुलाई शक्ति प्रदर्शन गर्न आह्वान

काठमाडौं, १० असार । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष अाेम प्रकाश पुनले यस पटकको चुमाबमा नाे भाेट वा भाेट बहिष्कार भनी देशभरी अभियान चलाउन र अाफ्नाे शक्ति प्रदर्शन गर्न भूमिहीन सुकुम्बासीहरुलाई अपिल गरेका छन । उनले अहिलेको कथित चुनावमा सबै जसाे उम्मेदवारहरु कथित संसदीय ब्यवस्थाका दलाल पार्टीहरूले काेहि पनि निम्न र भूमिहीन सुकुम्बासी […]

२०७४ असार १० गते, शनिबार

नेकपा गोर्खाल्याण्डको पक्षमा

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टी ममता बनर्जी सरकारले जबरजस्ती हिन्दी भाषा लाद्न खोजेपछि सुरु भएको दार्जि्लिङको आन्दोलनको पक्षमा उभिएको छ । उसले औपचारिक रुपले नै दार्ज्लिङ खरसाङ, कालेबुङ, मिरिकलगायतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गरेको छ । उसले दार्ज्लिङमा भएको नेपालीभाषीमाथीको दमनको निन्दा गर्दै त्यसको विरुद्ध प्रदर्शन गर्ने भएको छ । नेकपाले असार १२ […]

२०७४ असार ९ गते, शुक्रबार

महत र ढकालबारे सूचना दिनलाई पुरस्कार

काठमाडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिइ पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उनीहरु […]

२०७४ असार ८ गते, बिहीबार

आज बर्षकै लामो दिन

काठमाडौं, ७ असार । आज २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार ज्योतिष शास्त्रको ग्रह […]

२०७४ असार ७ गते, बुधबार

‘राज्यले शिक्षामा व्यापार गर्न दिएर अपराध गरेको छ’

काठमाडौं , ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले राज्यले शिक्षामा व्यापार गर्न दिएर अपराध गरेको बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यले जनतालाई निशुल्क दिने आधारभूत विषय भएको भन्दै नेता वास्तोलाले राज्यसत्ताको चरित्र अनुरुप नै अहिलेको शिक्षामा दलाल पूँजीवादीहरुले व्यापार गर्ने मौका मिलेको बताए । वैज्ञानिक समाजवाद स्थापनाले […]

२०७४ असार ७ गते, बुधबार

नेकपाद्वारा उम्मेद्वारहरूको घरमा कालो झण्डा

काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ । स्थानीय चुनावको खारेज गर्दै आएको सो पार्टीले दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष […]

२०७४ असार ५ गते, सोमबार

नेकपाद्वारा उम्मेदवारी नदिएको ठोकुवा

काठमाडौं, ५ असार । नेकपाले ‘थबाङ्गमा मनोनयन दर्ता’ भन्ने समाचारको खण्डन गरेको छ । नेकपा रोल्पाका जिल्ला सेक्रेटरी जागृतीले एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पाको थवाङ्गमा नेकपाको तर्फबाट मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचार आएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन । उनले आफ्नो पार्टी चुनाव खारेजी अभियानमा रहेको उल्लेख गर्दै थबाङ्गमा उम्मेदवारी दर्ता गरेका […]

२०७४ असार ५ गते, सोमबार