मुख्य समाचार

अहिले देश सर्वाधिक संकटमा छ : विप्लव

काठमाडौं, १९ बैशाख । नेकपा माअाेवादीका महासचिव विप्लवले अहिले देश सर्वाधिक संकटमा भएको बताएका छन । महासचिव विप्लवले १२७ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा प्रेस विज्ञेप्ती जारी गर्दै सो कुरा बताएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा अाम मजदुरहरूलार्इ वधार्इ तथा शुभकामना समेत व्यक्त गरेका छन । महासचिव विप्लवद्धारा जारी गरिएकाे विज्ञेप्तीमा अहिले […]

२०७३ बैशाख १९ गते, आईतवार

अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, १८ वैशाख । नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको अयोजना गरि उसले हिरासतमै अनशन बसेका आफ्ना केन्द्रिय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारीलाई तत्काल रिहा गर्न माग गर्दै सो आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय महासचिव दिपेन्द्र चलाउनेले करिब […]

२०७३ बैशाख १८ गते, शनिबार

सरकारको दिनगन्ती सुरु

काठमाडौं, १८ बैशाख । एकीकृत नेकपा माओवादीको हालै सम्पन्न स्थायी समितिको बैठकले वर्तमान सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको निचोड निकाल्दै सरकारको विकल्प खोज्नुपर्ने निर्णय गरेको छ । उसले वर्तमान सरकार प्रभावकारी बन्न नसकेको र राष्ट्रिय एकताका लागि गम्भीररुपमा बहस चलाउने निर्णय गरेको बताएको छ । एमाओवादीले आपूmसहितको सरकारले राष्ट्रिय राजनीतिक समस्या हल गर्न चुकेको […]

२०७३ बैशाख १८ गते, शनिबार

वैद्य माओवादी विभाजनको स‌ंघारमा

काठमाडौ, १८ बैशाख । माउ पार्टीसँग एकता एजेन्डामा मोहन वैद्य नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ। अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा बादलसहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकता नजिक पुगेका हुन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग पार्टी एकीकरण विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकवा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा बाक्लिँदै गएको हो। […]

२०७३ बैशाख १८ गते, शनिबार

अनेरास्ववियु क्रन्तिकारीका काठमाडौं जिल्ला संयोजक गिरफ्तार

काठमाडौं, १७ बैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । स्वयम्भू प्रहरी कार्यालयले आज दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट अधिकारीलाई पक्राउ गरेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्ण सिंहले जानाकारी दिएका छन् । काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको […]

२०७३ बैशाख १७ गते, शुक्रबार

एनजिओलाई गाउँ प्रवेशमा रोक

काठमाडौ, १७ बैशाख । नेकपा माओवादी जाजरकोटले जिल्लामा कार्यरत रहेका गैरसरकारी संस्थाहरुलाई गाउँ जान रोक लगाएको छ । उसले एनजिओहरुले ‘भ्रष्टाचार गरेको रकम फिर्ता गरेपछि मात्र गाउँ पस्ने अनुमति दिने जनाएको छ । माओवादी जाजरकोटले “एकीकृत क्रान्तिको हाम्रो अभिभारा, निसाना हाम्रो राष्ट्रघाती , भ्रष्टाचारी र दलाल सारा विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो । […]

२०७३ बैशाख १७ गते, शुक्रबार

जिशिअ गौतमलाई कार्यकक्षमै कालोमोसो

काठमाडौं १५ वैशाख। काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई आज एक समुहले कालो मोसो दलेको छ । नेकपा माओबादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौका जिल्ला शिक्षा अधिकार शकँरबहादुर गौतमलाई शिक्षा क्षेत्र ब्यापक अनियमितता,भष्ट्रचार र घोटला गरेको भन्दै उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो । उनीहरुले गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक […]

२०७३ बैशाख १६ गते, बिहीबार

भारतीय प्रहरी नेपाल प्रवेश गरेकाे बिरोधमा प्रदर्शन

काठमाडौं, १३ बैशाख । नेकपा माअाेवादीले अाइतबार नेपालकाे डाेटी र अछाम जिल्लाकाे सीमानामा भारतीय प्रहरीकाे जत्था प्रवेश गरेकाे भन्दै राजधानीलगायत देशका बिभिन्ना स्थानमा विराेध प्रदर्शन गरेकाे छ । यसैक्रममा काठमाडौंकाे शान्तिबाटीकाबाट निकालिएको विराेध जुलुशमा भारतीय प्रहरीकाे हस्तक्षेपका विरूद्ध चर्का नाराहरू लगाउदै शहर परिक्रमा गरिएको थियो । विराेध जुलुश शान्तिबाटीकाबाट जमल, असन र न्युराेडहुँदै सुन्धरामा पुगेर […]

२०७३ बैशाख १४ गते, मंगलवार

भारतीय हस्तक्षेप आपत्तिजनक र निन्दनीयः प्रकाण्ड

काठमाडौँ, १३ बैशाख । नेकपा माओवादीले आइतबार सुदूरपश्चिमको डोटी र अछामको सीमानाबाट अटोमेटिक हतियारसहित पाँच जनाको भारतीय प्रहरीको टोली प्रवेश गरेको घटनाप्रति खेद व्यक्त गरेको छ । माओवादीका प्रवक्ता प्रकाण्डले आज प्रेस विज्ञप्ति जारी गरी अटोमेटिक हतियार बोकेर भारतीय प्रहरीको टोली प्रवेश गरेको घटना आपत्तिजक भएको जनाउँदै त्यसप्रति खेद व्यक्त गरेका छन् । घटनाको निन्दा […]

२०७३ बैशाख १३ गते, सोमबार

माओवादी केन्द्रीय सदस्य माइला लामा निसर्त रिहा

काठमाडौं, १२ बैशाख । नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरन्जीवि ढकाललाई प्रहरीले निसर्त रिहा गरेको छ । प्रहरीले शनिबार बेलुका राजधानीको कपनबाट पार्टीका कामकै सिलसिलामा बाटो हिडिरहेका अवस्थामा नेता लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरन्जीवि ढकाललाई गिरफतार गरिएको थियो । गिरफ्तारपछि लामा र ढकाललाई अनुसन्धानका लागि भन्दै तीनकुने […]

२०७३ बैशाख १२ गते, आईतवार