सवारी चालक इजाजतपत्रका लागि नयाँ नियमअनुसार निवेदन खुला
काठमाडौं, ८ मंसिर । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ । बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो । गत असोज ११ गतेको राजपत्रमा […]
२०७३ मंसिर ८ गते, बुधबार