बिज्ञान तथा प्रबिधि

टेलिकमले ल्यायो नयाँ प्याकेज

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमले आगामी आइतबारदेखि लागु हुने गरी थोरै डाटा प्रयोग गर्नेहरुका लागि नयाँ डाटा प्याकेज ल्याएको छ । आइतबारदेखि लागु हुने गरेर एनटिसीले जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ३५ रुपैयाँमा ५० एमबी डाटा दिने जानकारी दिएको छ ।यो डाटाको समयावधि १० दिनको हुने छ । यस्तै २ दिनमा प्रयोग […]

२०७२ कार्तिक २० गते, शुक्रबार

यस्तो पनि पेनड्राइभ …

काठमाडौं । रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै नस्ट गरिदिन सक्छ । जसको नामनै ग्याजेट किलर राखिएको छ । किनकि यसले कम्प्युटर देखि टेलिभिजन सबैलाई क्षण भरमै खरानी बनाइदिन सक्छ । युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका […]

२०७२ कार्तिक १९ गते, बिहीबार

गोदावरी पुष्प मेला सुरु हुदै

काठमाडौ, १९ कात्तिक । आजदेखि ‘नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ ललितपुरको जावलाखेल खेल मैदानमा शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी गर्न लागेको हो । एसोसिएसनले तिहार पर्वलाई लक्षित गरी गर्न लागेको गोदावरी पुष्प मेला तथा प्रदर्शनी २२ गतेसम्म संचालन हुने भएको छ । मेलामा […]

२०७२ कार्तिक १९ गते, बिहीबार

ग्राङ दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं, १८ कार्तिक । ३५ जना यात्रु बोक्ने क्षमता भएको बसमा ८५ जनाभन्दा बढी यात्रु कोचेपछि अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । हिजो दिउसो रसुवाको राम्चे गाउँ विकास समितिको ग्राङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । दुर्घटनास्थलमै २९ जनाको मृत्यु भएको थियो भने त्रिशुली अस्पतालमा ५, जिल्ला अस्पताल […]

२०७२ कार्तिक १८ गते, बुधबार

क्रिकेट संघको निर्बाचन रोक : राखेप

काठमाडौं, १६ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेट संघ क्यानको आसन्न चुनाव रोक्न निर्देशन दिएको छ । क्यानले गत कात्तिक ११ गते निर्वाचनको लागि स्विकृती माग्दै खेलकुद परिषद्लाई पठाएको पत्रको हिजो लिखित जवाफ पठाउँदै परिषद्ले निर्वाचन रोक्न निर्देशन दिएको हो । क्यानको चुनावी साधारणसभा आगामी शुक्रबारदेखि भैरहवाका हुने तय गरिएको थियो । यसका […]

२०७२ कार्तिक १६ गते, सोमबार

पाण्डाको दिसाबाट जैविक तेल !

काठमाडौं । बेल्जियमका शोधकर्ताहरूले भीमकाय पाण्डाले त्याग्ने आचीको अध्ययन गरेर त्यसबाट नयाँ किसिमको जैविक तेल (बायोफ्युल) आविष्कार पो गर्न सकिन्छ भनी अध्ययन गरिरहेका छन् । पाण्डाले कडा किसिमको घाँसजन्य वस्तु खान्छ र त्यसलाई मज्जाले पचाएर फ्याँक्ने दिसाको यान्त्रिकता बुझ्न सक्दा बायोफ्युल बनाउन काम लाग्न सक्ने शोधमा संलग्न वैज्ञानिकहरूले जनाएका छन् । पाण्डाको मुख्य खान्की भनेको […]

२०७२ कार्तिक १४ गते, शनिबार

टेलिकमको भुक्तानी अब आईभीआरमा

काठमाडौं । नेपाल टेलिकमले इण्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर)मार्फत नयाँ रिचार्ज सेवा शुरू गरेको छ । तेस्रो पक्षबाट प्रदान गरिने यो सेवामार्फत टेलिकमका विभिन्न सेवाको रिचार्ज तथा महशुल भुक्तानी गर्न सकिने गरी गतआइतवारबाट सञ्चालनमा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार टेलिकमका विभिन्न नम्बरबाट १४१२ मा फोन गरी एनटी रिचार्ज कार्ड (नयाँ रिचार्ज कार्ड)मार्फत विभिन्न सेवाको शुल्क भुक्तानी […]

२०७२ कार्तिक ६ गते, शुक्रबार

एप्पललाई २३ करोड ४० लाख डलर जरिबाना

काठमाडौं, १ कात्तिक । अमेरिकाको एक अदालतले एप्पललाई पेटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा विस्कोन्सिन विश्वविद्यालयलाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको छ । अमेरिकाको विस्कोन्सिन मडिसन विश्वविद्यालयको विस्कोन्सिन अल्मुनाइ अुनसन्धान फाउन्डेशनलाई एप्पलले पेटेन्ट अधिकार उल्लंघन गरेकोमा जरिबाना तिर्नु पर्ने भएको हो । एप्पलले केही आइफोन र आइप्याडमा अनुमति बिना नै पेटेन्ट […]

२०७२ कार्तिक १ गते, आईतवार

यसकारण, फेसबुक चलाउन छाड्नुस्

काठमाडौँ । हाल दैनिक डेढ अर्ब मानिसले फेसबुक चलाउँछन् । विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको यो सोसल नेटवर्किंग साइट फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब नाघिसकेको छ । फेसबुक हाम्रो यति नजिकको साथी बनिसकेको छ कि यसमा हामीले हाम्रो जिवनका धेरै कुराहरु शेयर गर्न थालिसकेका छौँ । हाम्रा सोँच, विचार, भावना, अवस्थिति, योजना, जानकारी, […]

२०७२ आश्विन २९ गते, शुक्रबार

सुबिधा सम्पन्न बस सञ्चालन

काठमाडौं, २७ असोज । जगदम्बा ट्राभल्सले मिनी बारसहितको बस सञ्चालनमा ल्याएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतको जगदम्बा ट्राभल्सले पोखरा-काठमाडौं रुटमा चल्ने एसियाकै उत्कृष्ट मानिएको यो यात्रुवाहक बस घटस्थापनाको दिनदेखि सञ्चालनमा आएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले परेवा उडाएर बस सेवा शुभारम्भ गरेका थिए । उनले तेल अभाव र आन्दोलनको […]

२०७२ आश्विन २७ गते, बुधबार