बिज्ञान तथा प्रबिधि

एफएम रेडियोको संख्या छ सय नाघ्यो

काठमाडौँ । नेपालमा एफएम रेडियोको संख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोल सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् । बाँकी ९१ एफएम रेडियोहरू विविध कारणल सञ्चालनमा आएका छैनन् । असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति […]

२०७२ श्रावण १६ गते, शनिबार

तस्वीर चोरेर सार्वजनिक प्रदर्शनी

काठमाडौ, १४ साउन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका विभिन्न समयमा खिचिएका तस्वीरहरु चोरी भएको अधिकारवालाले बताएका छन् । मदन भण्डारीको युवा अवस्थादेखिका विभिन्न समयका तस्वीरहरु मूल अधिकारवाला फोटोग्राफरलाई जानकारी नै नदिई चोरी गरेर सार्वजनिक प्रयोग गरिएको दावी फोटोग्राफर नरेश श्रेष्ठले गरेका छन् । आफूले २०४७ सालमा खिचेका तस्वीरहरुसहित सगरमाथा आरोही प्रथम नेपाली महिला […]

२०७२ श्रावण १४ गते, बिहीबार

डिजाष्टर रिकभरी सेन्टर स्थापना

काठमाडौ, १२ साउन । आन्तरीक राजश्व विभागले प्राकृतिक प्रकोप लगायतका कारणले करदाताको सूचना नष्ट नहोस भनेर भैरहवामा डिजाष्टर रिकभरी सेन्टर स्थापना गरेको छ । पर्याप्त पावर व्याकअपको उपलब्धता रहेकाले आन्तरिक राजश्व विभाग काठमाडौंमा रहेको मुख्य डाटा सेन्टर प्राकृतिक प्रकोप तथा अन्य कुनै कारणले बन्द हुन गएमा पनि यो केन्द्रमा ईन्टरनेटमा आधारित सबै सेवाहरु सञ्चालन गर्न […]

२०७२ श्रावण १२ गते, मंगलवार

अझै केही दिन झरी पर्न सक्ने

काठमाडौं, १० साउन । मौसमविदका अनुसार बिहान र दिउँसोपख मौसम सफा रहेपनि राति पानी पर्ने क्रम अझै केही दिन रहने छ । मनसुन सक्रिय नभएपनि केही दिनदेखि बेलुकीपख र राति ठूलो पानी पर्ने गरेको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार भारतमा मनसुन सक्रिय हुँदा नेपालमा कमजोर हुने भएकाले सोमबारसम्म बिहान मौसम सफा भएपनि दिउँसोपछि पानी […]

२०७२ श्रावण १० गते, आईतवार

विद्युतीय शव दाहगृह संचालनमा आउँदै

काठमाडौँ पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले विद्युतीय शव दाहगृह निर्माणको काम ९७ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले आगामी भदौदेखि विद्युतीय शव दाहगृह सञ्चालनमा आउने बताएका छन् । अहिलेसम्म वैदिक विधिअनुसार भष्मेश्वरघाट र आर्यघाटमा दाउराबाट शव जलाइँदै आएकामा अब विद्युतीय शव दाहगृह एउटा विकल्प हुनेछ । सदस्य सचिव गोविन्द टण्डनले भने ‘शव दाहगृह […]

२०७२ श्रावण ९ गते, शनिबार

नेपालमा कृषि क्षेत्रको प्रमुख समस्या,युग प्रविधिको : शैली परम्परागत – रुपा कोइराला

आजको युग प्रविधिको युग हो । संसारले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको छ । कस्ता कस्ता असम्भव काम पनि प्रविधिका अगाडि सहज रुपमा सम्पन्न भएका छन् । तर, कृषिको क्षेत्रमा उही परम्परागत शैली नै चलिरहेको छ । मानिसहरु उही कुटो र कोदालो बोकेर खेतबारीमा धाइरहेका छन् । पहिलेजस्तै खेतको आलीमा आकाशतिर मुन्टो फर्काएर बर्षात्को […]

२०७२ श्रावण ७ गते, बिहीबार

८१ वर्षिया वृद्धालाई गाईको मुटुको रक्तनलीद्वारा नवजीवन

काठमाडौँ । ८१ वर्षिया एक वृद्धालाई गाईको मुटुको रक्तनलीले नवजीवन दिएको छ। हैदरावादका ती वृद्धाको मुटुको एओर्टीक भल्भ साँघुरिदा समस्या आएको थियो। चेन्नईको फ्रन्टियर हस्पिटलमा गएको शनिबार अपरेशन गरेर ती वृद्धाको मुटुको भल्भ फेरेर गाईको मुटुको भल्भ प्रयोग गरिएको थियो। ११ वर्ष अघि पनि भल्भ फेरेक ती वृद्धा पुनः समस्या देखिएपछि फ्रन्टिएर अस्पताल पुगेकी थिइन। […]

२०७२ श्रावण ४ गते, सोमबार

यम ग्रहमा नेपाली पर्वत

काठमाडौँ , ३ साउन । यम ग्रहमा रहेको एउटा पर्वतको नाम नेपालीको नामबाट राखिएको छ । भर्खरै सार्वजनिक भएको तस्बिरमा देखिएको एउटा पर्वतको नाम नासाले नोर्गे मोन्टेस अर्थात तेन्जिङ नोर्गे माउन्टेन राखेको हो । प्रथम सगरमाथा आरोरी तेन्जिङ नोर्गेको नाममा अन्तरिक्षमा रहेको पर्वतको नाम राखिएको नासाले जनाएको छ । सौर्य मण्डलका ठाउँको नाममा नेपालीको नाम […]

२०७२ श्रावण ३ गते, आईतवार

चन्द्रमामा वस्ती बसाउने सपना !

काठमाडौँ । प्राध्यापक जोहान डिट्रिख वर्नर हाल युरोपेली अन्तरिक्ष एजेन्सीका महानिर्देशक हुन् । वाषिर्क ४।४ अर्ब युरो बराबरको बजेट रहेको उक्त संस्थाका महानिर्देशक बन्नुभन्दा पहिला उनी जर्मन स्पेस एजेन्सीका प्रमुख थिए । तर अब उनको कामको दायरा फराकिलो बनेको छ । युरोपमा निगरानी, मौसम, संचार, स्याटेलाइटको उडान, अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनका वैज्ञानिकहरु, मंगल, बुध तथा वृहस्पती […]

२०७२ श्रावण २ गते, शनिबार

सामसुङले ल्यायो सबैभन्दा पातलो स्मार्टफोन

काठमाडौँ, ३१ असार । सामसुङले ग्यालेक्सी ए ८ नाम दिएर अहिलेसम्म कै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले आफ्नो मोबाइलहरुमा अहिलेसम्मकै सबैभन्दा पातलो मोबाइल सार्वजनिक गरेको हो । सामसुङ ग्यालेक्सी ए ८ को मोटाइ मात्रै ५ दशमलव ९ एमएम अर्थात शुन्य दशमलव २३ इन्च मात्रै छ । जुन ग्यालेक्सी एस सिक्स एजभन्दा ८५ […]

२०७२ असार ३१ गते, बिहीबार