बोइङद्वारा ‘७३७ म्याक्स’ उत्पादनमा अस्थायी रोक
काठमाडौं , १ पुष । अमेरिकाको विमान निर्माता कम्पनी बोइङले उसको एउटा प्रमुख विमान ‘७३७ म्याक्स’को उत्पादनमा अस्थायी रोक लगाउने बताएको छ । इन्डोनेशिया तथा इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो। बोइङको यो निर्णयले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरि रहेका आपूर्तिकर्ता एवं विमानसेवाहरू प्रभावित हुने बताइएको छ। […]
२०७६ पुष १ गते, मंगलवार