राजनीति

सरकार नै गैरजिम्मेवार !

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एबं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको दावी गरेका छन । विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न […]

२०७७ आश्विन १७ गते, शनिबार

प्रदेश ५ को राजधानी दाङको भालुवाङ

काठमाडौं । प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ बनाउने निर्णय गरेको छ । यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।मन्त्रीपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने […]

२०७७ आश्विन १६ गते, शुक्रबार

‘कोरोना अस्पताल चोरीकाण्डका अपराधीहरूलाई राजनीतिक संरक्षण नदेऊ ‘

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति चितवनले सरकारलाई ज्ञापनपत्र बुझाउँदै ५ महिनाअगाडि भरतपुर महानगरको अगुवाइमा औद्योगिक प्रदर्शनी स्थलमा बनेको अस्थायी कोरोना अस्पतालमा भएको चोरी, भिडियोकाण्डमा मुछिएका व्यक्तिहरूलाई राजनीतिक पहुँचका आधारमा संरक्षण गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । सङ्गठनका अध्यक्ष भीमबहादुर तामाङ र सचिव होमनाथ पौडेलले बिहीबार सरकारलाई प्रेषण गरेको ज्ञापनपत्रमा कोरोना महामारीको […]

२०७७ आश्विन १५ गते, बिहीबार

चिनियाँ नयाँ जनवादी क्रान्तिबाट शिक्षा लिन जरुरी

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले विश्वका कैयौं मुलुकहरु साम्राज्यवाद र सामन्तवादको शोषण र उत्पीडनबाट मुक्त नभइरहेको वर्तमान परिस्थितिमा विश्वभरका पिछडिएका तथा कृषि प्रधान देशका सामन्तवाद तथा साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र र मुक्तिकामी जन समुदायले आ- आफ्नो देशको विशिष्टता र क्रान्तिको वस्तुगत र आत्मगत परिस्थितिका आधारमा क्रान्तिलाई अगाडि बढाएर विजयसम्म पुर्याउनका निम्ति उक्त चिनियाँ […]

२०७७ आश्विन १५ गते, बिहीबार

विप्लवद्वारा सुकमाली खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार शोक वक्तव्य प्रकाशित गरी जनयुद्धकालदेखि नै पार्टी र आन्दोलनलाई हरतरहबाट सहयोग पुर्याउँदै आएकी पार्टीका ब्युरो सदस्य सुन्दर ओलीकी सासूआमा सुकमाली खत्रीको ८० वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । महासचिव विप्लवले सुकमाली खत्रीप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना […]

२०७७ आश्विन १४ गते, बुधबार

श्रम तथा उपभोक्ता हित समितिद्वारा विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न निर्देशन

काठमाडौ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण अलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन दिएको हो । त्यसका लागि अलपत्र […]

२०७७ आश्विन १३ गते, मंगलवार

जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर्न माग

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ । महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा अवस्थित घरबाटै गृह प्रशासनले अत्यन्त कायरतापूर्वक गिरफ्तार गरेर कविता र रामलाई सदरमुकाम लिवाङ पु¥याइएको भन्दै […]

२०७७ आश्विन १३ गते, मंगलवार

बलात्कारीलाई मृत्युदन्ड दिने व्यवस्था गर्न माग

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदन्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृत्युदन्डको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सचेतक पुष्पा भुसालले १६ […]

२०७७ आश्विन १२ गते, सोमबार

नेकपाद्वारा सम्झनाका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी बझाङले सम्झना कामीका हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै पीडित परिवारलाई न्यायोचित क्षतिपूर्तिको माग गरेको छ । नेकपाका जिल्ला इन्चार्ज विराट र सचिव हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ७ गते मष्टा गाउँपालिका २ मा हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका हत्यारालाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका […]

२०७७ आश्विन १२ गते, सोमबार

नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी रोल्पाको पूर्वी कमान्डको भेला र प्रशिक्षण सम्पन्न भएको छ । नेकपा रोल्पाका इन्चार्ज दिलिपको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका एकाइ सदस्यदेखि जिल्ला सदस्य स्तरको सहभागिता रहेको जनाइएको छ । उक्त प्रशिक्षण कार्यक्रममा राहुल घर्तीमगर सरकारी नेकपा परित्याग गरी विद्रोही नेकपामा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेमा लामो समय काम […]

२०७७ आश्विन १२ गते, सोमबार