राजनीति

बम र विकलाई तुुरुन्त रिहाइ गर्न माग

काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीकामको सिलसिलामा खटिरहेको अवस्थामा विभिन्न ठाउँबाट जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति घोर भत्र्सना […]

२०७६ श्रावण १८ गते, शनिबार

३८ क्विन्टल सुन प्रकरणः २८ जनालाई थुनामा राख्न आदेश

काठमाडौं , १७ साउन । सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा महावीर गोल्यान बाहेक अन्य प्रतिवादीहरुलाई रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको ईजलासले आज गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिंदै अन्य प्रतिवादीहरुको हकमा मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतले गरेको […]

२०७६ श्रावण १७ गते, शुक्रबार

कैदी बन्दीबीच कुटाकुट, एक जनाको मृत्यु

काठमाडौं , १७ साउन । ललितपुरको नख्खु कारागारमा दुई बन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा घाइते भएका पूर्णबहादुर राजीको उपचाका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोले ब्लकले प्रहार गर्दा […]

२०७६ श्रावण १७ गते, शुक्रबार

वडा कार्यालयमा आगजनी

काठमाडौं, १७ साउन । चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् । कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठले बताए । आगजनी […]

२०७६ श्रावण १७ गते, शुक्रबार

धिरेन्द्र उपाध्यायलगायत सम्पूर्ण नेतालाई यथाशिघ्र रिहाई गर्न माग

काठमाडौं , १६ साउन । नेपाल कम्युनिस्ट पार्टीले हालै गिरफतार गरिएका धिरेन्द्र उपाध्यायलगायत सम्पूर्ण नेता, कार्यकर्ताहरुको यथाशिघ्र रिहाई गर्न जोडदार माग गरेको छ । उसले मानव अधिकार आयोग, मान अधिकारबादी संघ संस्था, सच्चा लोकतन्त्रबादी, नागरिक समाज र सच्चा राष्ट्रवादीहरुलाई रिहाईको निम्ति पहल गरी सहयोग गरिदिन हार्दिक अपिल समेत गरेको छ । यस बिषयमा नेपाल कम्युनिस्ट […]

२०७६ श्रावण १६ गते, बिहीबार

ठाउ ठाउमा बम विस्फोट र आगजनी

काठमाडौं , १५ साउन । गएराति नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै […]

२०७६ श्रावण १५ गते, बुधबार

नेकपाद्वारा बन्द सफल बनाउन अपिल

काठमाडौं , १४ साउन । नेपाल कम्युनिस्ट पार्टीले भोली आह्वान गरेको बन्द सफल बनाउन सहयोग गर्न सबैपक्षसँग आग्रह गरेको छ । बन्दको पूर्वसन्ध्यामा ने.क.पा.ले अपिल जारी गर्दै सम्पुर्ण शैक्षिक संस्था, कार्यलय उद्योग कलकारखाना, सार्वजनिक तथा नीजि यातायातका साधन बन्दगरि सहयोग गर्न आग्रह गरेको छ । पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामाको गिरफ्तारीको […]

२०७६ श्रावण १४ गते, मंगलवार

जनस्वास्थ्य प्रमुख घुससहित पक्राउ

काठमाडौं, १३ साउन । जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनस्वास्थ्य प्रमुखसहित ४ जनालाइ १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल […]

२०७६ श्रावण १३ गते, सोमबार

ने.क.पा. कास्कीका सेक्रेटरी सुजन गिरफ्तार

काठमाडौं, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी लोकेन्द्र बिक”सुजन”ले पोखराबाट गिरफ्तार भएका छन् । सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले हिजो दिउसो साढे ३ तिर पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ । पार्टी कामको शिलशिलामा रहेका उनलाई गिरफ्तार गरेको ने.क.पा.स्रोतले जानकारी दिएको छ। यसअघिका कास्कीका सेक्रेटरी आक्रोशसँगै प्रहरीले […]

२०७६ श्रावण १२ गते, आईतवार

‘विश्व’लाई रिहा गर्न आदेश

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीका राप्ती व्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाई सर्वोच्च अदालतले रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीशको रोहवरमा तत्काल रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको हो । रिट निवेदनमाथि शुक्रबार भएको बहसमा माननीय न्यायधिस इश्वरप्रसाद खतिवडा […]

२०७६ श्रावण ११ गते, शनिबार