राजनीति

राष्ट्रियसभाका लागि तीनजना सिफारिस

काठमाडौं, २७ माघ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाका लागि तीनजनाको नाम सिफारिस गरेको छ । बैठकले गोपालबहादुर बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल स्याङ्जालाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम सरकारले राष्ट्रियसभामा नियुक्तिका […]

२०७४ माघ २७ गते, शनिबार

एमाले र माके पार्टी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौँ, २६ माघ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लगायतका बिषयमा छलफल गर्न एकता संयोजन समितिको बैठक बस्दै छ । पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा आजको बैठकमा छलफल हुने जनाईएको छ । हिजो एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राष्ट्रियसभा सदस्य […]

२०७४ माघ २६ गते, शुक्रबार

जनस्वयमसेवक झापाको जिल्ला सम्मेलन समपन्न

काठमाडौं, २५ माघ । नेकपा निकट राष्ट्रिय यूवा जनस्वयमसेवक झापाको जिल्ला सम्मेलन समपन्न भएको छ । सम्मेलनले सेसेहांगको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सम्मेलनवाट अध्यक्षमा चयन भएका सेसेहांगले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद मात्रै भएको र दलाल पुजिपतिहरूको राज महललाई धस्त पार्न राष्ट्रिय यूवा जनस्वयमसेवक कटिबद्ध भएको बताए ।

२०७४ माघ २५ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा सीमा अतिक्रमण विरुद्ध प्रदर्शन

काठमाडौं , २५ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ । क्रान्तिकारी बिद्यार्थीहरुले आज तराईको विभिन्न स्थानमा भईरहेको सिमा अतिक्रमणको बिरोध तथा असमान सन्धी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । यसैक्रममा आज बिहान भारतसँग सिमा जोडिएका […]

२०७४ माघ २५ गते, बिहीबार

गाउँपालिका अध्यक्षको विरुद्ध रिले अनसन

काठमाडौं, २५ माघ । सप्तरीको तिलाठीबासीले गाउँपालिका अध्यक्षको मनपरी विरुद्ध रिले अनसन शुरु गरेका छन् । तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले एकलौटी रुपमा गाउँसभा सम्पन्न गरेर गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गराएको भन्दै तिलाठीबासीले रिले अनसन शुरु गरेका हुन् । नेकपा एमालेका नेता देवनारायण यादवसहित तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् । गाउँपालिका अध्यक्ष […]

२०७४ माघ २५ गते, बिहीबार

भीआइपी सवारीमा सर्वसाधरणलाई रोक लगाउनुपर्ने कारणबारे लिखित जवाफ माग

काठमाडौं, २४ माघ । राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भीआइपी)को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखितरुपमा पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार भीआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका […]

२०७४ माघ २४ गते, बुधबार

कोरियाद्वारा एक अर्ब दुई करोड अनुदान

काठमाडौं, २३ माघ । दक्षिण कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि रु एक अर्ब दुई करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम् खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौं विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो । अर्थ मन्त्रालयमा मंगगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका […]

२०७४ माघ २३ गते, मंगलवार

एमाले–माओवादी केन्द्र एकता अड्कियो

काठमाडौं, २३ माघ । एमाले–माओवादी एकता एकीकृत पार्टीको मुल नेतृत्वमा पुगेर अड्किएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक–अर्कोलाई ‘गलाउने’ रणनीति मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्व हुन थालेको हो । नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि निष्कर्ष निकाल्न नसक्दा एकता हुने–नहुने संशय […]

२०७४ माघ २३ गते, मंगलवार

भण्डारीको राष्ट्रपतिमा दोहोरिने इच्छा

काठमाडौं, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् । शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको […]

२०७४ माघ २२ गते, सोमबार

‘नेताले धोका दिँदा मजदुरको अधिकार खोसियो ‘

काठमाडौं, २१ माघ । नेकपा माओवादी ( क्रान्तिकारी )निकट मजदुर संघ सुनसरीका पदाधिकारी र स्वतन्त्र गरी तीन दर्जन बढी मजदुरहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । अखिल नेपाल औधोगिक मजदुर संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम उराउले आज बिज्ञप्ती निकालेर मजदुरको हक अधिकार तथा समस्याहरुको हल नेकपाले मात्रै गर्न सक्ने भन्दै क्रान्तिकारी माअ‍ेवादी परित्याग गरि […]

२०७४ माघ २१ गते, आईतवार