राजनीति

‘कांग्रेसले मुलुकलाई कंगाल बनाउन लाग्यो ‘

काठमाडौँ, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् । कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको ओलीले बताए । भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष […]

२०७४ माघ १२ गते, शुक्रबार

बाँदरमुढे घटनामा मारिएका सहिद !

काठमाडौं, १२ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले वि.सं. २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रीबाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा […]

२०७४ माघ १२ गते, शुक्रबार

जापानद्वारा ३२ करोड अनुदान

काठमाडौं, ११ माघ । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन […]

२०७४ माघ ११ गते, बिहीबार

डेढसय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट

काठमाडौं, १० माघ । अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् । तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका […]

२०७४ माघ १० गते, बुधबार

सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलले आज आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बलले मुलुकमा पुर्‍याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीलाई कतव्र्यनिष्ट भएर पूरा गर्न निर्देशन दिए । उनले सशस्त्र प्रहरीको […]

२०७४ माघ ९ गते, मंगलवार

सामाजिक परिचालकद्वारा पुनर्बहालीको माग

काठमाडौं, ८ माघ । संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले बिना जानकारी सेवाबाट अवकाश गरेका भन्दै नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलन सुरु गरेको छ । संघले पुनर्बहालीको माग गर्दै आज काठमाडौंको माइतीघरमन्डलमा प्रदर्शन गरेको छ । उनीहरुले स्थानीय तहमा समायोजन गर्न माग गरेका छन् । आन्दोलन समितिका संयोजक मनीषा विमलीले सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि […]

२०७४ माघ ८ गते, सोमबार

घुस्याहा असई रंगेहात पक्राउ

काठमाडौं , ८ माघ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका असई रमेश खड्का घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले असई रमेश खड्का ३ लाख रुपैयाँसहित आज पक्राउ गरेको हो । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् थिए । उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले […]

२०७४ माघ ८ गते, सोमबार

कांग्रेस नेताहरुको भेला सम्पन्न

काठमाडौं , ७ माघ । नेपाली कांग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत् भक्तपुरबाट सुरु भएको पहिलो कांग्रेस भेला पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्नेलगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको […]

२०७४ माघ ७ गते, आईतवार

मेयर/उपमेयरको विदेश भ्रमण मोह !

काठमाडौं, ७ माघ । नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चीन भ्रमणमा जाने तयारीमा लागेका छन् । स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका छन् भने केही भ्रमण गर्ने प्रक्रियामा छन् । स्थानीय विकास मन्त्रालयको रेकर्डमा स्थानीय निर्वाचनपछि १९ […]

२०७४ माघ ७ गते, आईतवार

‘ अस्थायी राजधानी परिवर्तन हुँदैन’

काठमाडौँ, ६ माघ । वाणिज्य तथा आपूर्तिमन्त्री मिन विश्वकर्माले अस्थायी राजधानी परिवर्तन नहुने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन भईरहेकाले आन्दोलन फिर्ता लिन समेत आग्रह गरे । सरकारले हाल प्रदेश सभा सञ्चालनका लागि अस्थायी राजधानी मात्रै तोकेकोले औचित्यहिन र टुङगोमा पुग्न नसकिने आन्दोलन फिर्ता लिन […]

२०७४ माघ ६ गते, शनिबार