राजनीति

वैद्य पनि भोटको राजनीतिमा

काठमाडौं, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिएपनि नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसदमा प्रतिनिधित्व नगरेकै कारण […]

२०७४ बैशाख २३ गते, शनिबार

उम्मेदवारको गाडीमा आगजनी

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ […]

२०७४ बैशाख २३ गते, शनिबार

चालक अनुमतिपत्र जेठ ७ सम्मका लागि बन्द

काठमाडौं, २३ बैशाख । वाग्मती अञ्चल यातायात कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनका कारण सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको हो । प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको […]

२०७४ बैशाख २३ गते, शनिबार

महाभियोग प्रस्ताव अघि बढाइयो

काठमाडौं, २२ वैशाख । सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव अघि बढाएकी छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुको नाराबाजी र रोष्टम घेराउबीच सभामुख घर्तीले महाभियोगको प्रस्ताव अघि बढाएकी छन् । आजको संसद्ब बैठकमा सभामुख घर्तीले महाभियोगको प्रस्तावमाथि छलफल गर्ने समय निर्धारण गरेकी हुन् । सभामुखले प्रस्तावमाथिको समय निर्धारण गर्न लागेपछि […]

२०७४ बैशाख २२ गते, शुक्रबार

राष्ट्रपति भण्डारीले मतदान नगर्ने

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छन् । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुगेको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । […]

२०७४ बैशाख २१ गते, बिहीबार

झुण्डिएका निर्वाचन अधिकृतको उद्धार

काठमाडौं, १९ बैशाख । खादाको पासो लगाई मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो । उनका अनुसार गिरीको […]

२०७४ बैशाख १९ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, १८ बैशाख । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस , विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । १ सय २८ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको […]

२०७४ बैशाख १८ गते, सोमबार

संसदको बैठक २१ गतेसम्मका लागि स्थगित

काठमाडौं , १७ वैशाख । व्यवस्थापिका संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक चार दिन पछाडि धकेलिएको हो । अब उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना टरेको छ । संसदको आइतवारको बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख […]

२०७४ बैशाख १७ गते, आईतवार

डिआइजी सिलवालका कागजात ‘किर्ते’

काठमाडौं, १६ बैशाख । डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ । प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटसंगै पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको छानविन समितिको ठहर छ । सरकारले कार्यसम्पादन […]

२०७४ बैशाख १६ गते, शनिबार

‘चुनाव होइन अान्दोलनमा जान्छौं’

काठमाडौं, १४ वैशाख । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले अाफूहरुसँग गरेको भद्र सहमति तोडेको बताउँदै चुनावमा होइन अान्दोलनमा जाने चेतावनी दिएका छन् । सरकारले एमालेसँग स्थानीय तहको संख्या तत्काल नथप्ने सहमति गरेर अाफूहरुलाई धोका दिएको उनको कथन छ । ‘हामीसँग सरकारले ११ जिल्लामा जनसंख्याको अनुपातमा स्थानीय तह बढाउने सम्झौता गरेको थियो तर सहमति […]

२०७४ बैशाख १४ गते, बिहीबार