राजनीति

प्रधानमन्त्रीलाई द्वैध चरित्र नदेखाउन आग्रह

काठमाडौं, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्र विचित्रको भएको बताएका छन । आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका छन् । उनले प्रधानमन्त्री दाहालले पटकपटक बोली फेर्ने गरेको […]

२०७४ बैशाख १३ गते, बुधबार

‘ माग सम्बोधन गरे मात्र निर्वाचनमा सहभागी हुन्छौं’

काठमाडौं, ११ वैशाख । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन गरेर सरकारले आफूहरुका माग सम्बोधन गरे निर्वाचनमा सहभागी हुने बताएका छन् । राष्ट्रिय जनता पार्टी मोरङले आज विराटनगरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले सरकारले पुराना सहमति कार्यान्वयन गर्दै संविधान संशोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बन्ने बताए । उनले सरकारले संविधान संशोधन गरेपछि आफूहरुले […]

२०७४ बैशाख ११ गते, सोमबार

आज लोकतन्त्र दिवस

काठमाडौं, ११ बैशाख । वि.स. २०६२/२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज ११ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईंदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित सडकमा ओर्लेका […]

२०७४ बैशाख ११ गते, सोमबार

भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो: चीन

काठमाडौं, ९ बैशाख । भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास […]

२०७४ बैशाख ९ गते, शनिबार

संशोधन प्रस्ताव पारित भए चुनाव

काठमाडौं, ८ वैशाख । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका छन् । आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपामा आवद्ध मधेसकेन्द्रित नेताहरु र संघीय समाजवादी फोरमका नेताहरुले छलफल सकारात्मक भएको बताएका हुन् । मधेसी […]

२०७४ बैशाख ८ गते, शुक्रबार

राजपाको जन्म

काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित पाँच पार्टीबीच एकता भएको छ । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकिकरण भएको हो । एकिकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । […]

२०७४ बैशाख ७ गते, बिहीबार

भारतले अतिक्रमण गरेको ५० हेक्टरभन्दा बढी जग्गा फिर्ता

काठमाडौं, ७ वैशाख । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको […]

२०७४ बैशाख ७ गते, बिहीबार

युवा सार्क सम्मेलन बैशाख ११ देखि

काठमाडौं, ६ बैशाख । सार्क सम्मेलन समय–समयमा हुन नसकिरहेको अवस्थामा ‘युथ पार्लियामेन्ट नेपाल’ले काठमाडौंमा यहि बैशाख ११ र १२ गते युवा सार्क सम्मेलन आयोजना गर्ने भएको छ । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवाको सहभागिता रहनेछ भने नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको […]

२०७४ बैशाख ६ गते, बुधबार

बालुवाटारमा एमालेलगायतका दलहरूको बैठक

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमालेलगायतका दलहरूलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएका छन् । मधेशी मोर्चाले संविधान संशोधनको दोश्रो प्रस्तावमासमेत असहमति राखेर आन्दोलनको घोषणा गरेपछि चुनाव र मोर्चाका मागहरूका बारेमा सहमति खोज्ने प्रयासस्वरूप प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । आज बिहान देखि सुरु भएको बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, […]

२०७४ बैशाख ६ गते, बुधबार

शुक्रबारको सार्वजनिक विदा फिर्ता

काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबाट फर्कने दिन दिने भनिएको सार्वजनिक बिदा फिर्ता भएको छ । सरकारको चर्को आलोचना भएपछि सो दिनको सार्वजनिक बिदा फिर्ता भएको हो । गृहमन्त्रालयले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको विदा फिर्ता लिने निर्णय गरेको हो । आजको विदा यथावत रहे पनि शुक्रबारको विदा […]

२०७४ बैशाख ४ गते, सोमबार