राजनीति

राजविराजमा सकेट बम

काठमाडौं, २२ चैत ।सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् […]

२०७३ चैत्र २२ गते, मंगलवार

एक्लिदैं बाबुराम भट्टराई

काठमाडौं, २१ चैत । स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् । सहसंयोजक महेश कर्मोचसहित ३० जना […]

२०७३ चैत्र २१ गते, सोमबार

म्यादी प्रहरीको पोसाक अन्योलमा

काठमाडौं, २० चैत । स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम सुरु गर्न लागिएको छ । तर, शनिबारसम्म म्यादी प्रहरीको पोसाकको टुंगो लागेको छैन । कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई पोसाक खरिद गर्न समय […]

२०७३ चैत्र २० गते, आईतवार

भ्रष्टाचार अभियोगमा पूर्व राष्ट्रपति पक्राउ

काठमाडौं, १८ चैत । दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुयन–हेई भ्रष्टाचारको अभियोगमा पक्राउ परेकी छन् । ६५ वर्षीया पार्कलाई दक्षिण कोरियाली अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउपछि उनलाई राजधानी सिओलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको छ । पदमा रहँदा उनले विभिन्न कम्पनीबाट मोटो रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई […]

२०७३ चैत्र १८ गते, शुक्रबार

एकीकृत राप्रपा राष्ट्रवादीको औपचारिक घोषणा हुदै

काठमाडौं, १६ चैत । डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ । महाधिवेशन लगत्तै राप्रपा त्यागेका लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । आज निर्वाचन आयोगमा पार्टी दर्ता गरी पार्टी गठनको औपचारिक घोषणा गरिने तयारी गरिएको छ । पूर्व […]

२०७३ चैत्र १६ गते, बुधबार

वैद्य माओवादी चुनावमा हामफाल्ने

काठमाडौं, १५ चैत्र । नेकपा (क्रान्तिकारी माओवादी) स्थानीय तहको चुनावमा सहभागी हुने भएको छ । सोमबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चुनावलाई कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने भन्दै राजनीतिक प्रस्ताव पेश गरेका छन् । दोस्रो संविधानसभाको चुनावलाई बहिस्कार गरेको क्रान्तिकारी माओवादीले मोर्चा बनाएर चुनावमा जाने तयारी गरेको छ । देशभक्त जनवादी […]

२०७३ चैत्र १५ गते, मंगलवार

सैनिक मुख्यालयभित्रै करोडौं भ्रष्टाचार

काठमाडौं , १४ चैत्र । सैनिक मुख्यालयले सेनाका लागि रासन आपूर्ति सम्झौता सर्तविपरीत बीचमै ठेक्का रद्द गरेपछि ठेकेदारहरू अदालत पुगेका छन्। सैनिक पृतनाहरूले ठेकेदार कम्पनीले सहमतिअनुसार रासन आपूर्ति गर्न नसकेको भन्दै एकतर्फी रूपमा ठेक्का तोडेपछि त्यसमा थुप्रै अनियमितता र कमिसनका खेलहरूले समेत भूमिका खेलेको देखिएको छ। पश्चिम पृतनाका सेनानी गुणराज अधिकारीले एनईएस प्रालिलाई पत्र लेखी […]

२०७३ चैत्र १४ गते, सोमबार

कांग्रेसको बैठकमा हिन्दू राष्ट्रको प्रस्ताव

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा हिन्दू राष्ट्रको प्रस्ताव दर्ता भएको छ । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले अलग अलग रुपमा सो प्रस्ताव दर्ता गराएका हुन् । खड्काले हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् । धर्मनिरपेक्ष खारेज गरि […]

२०७३ चैत्र १३ गते, आईतवार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,१३ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा संविधान संशोधन, स्थानीय तह निर्वाचन र पार्टीको आन्तरिक संगठन व्यवस्थापनलगायतका विषयमा छलफल गरिनेछ । बैठकमा सभापति देउवाले नेतृत्व लिएको एक वर्षमा संगठन झन् शिथिल भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी जनाउने देखिएको छ । देउवाले कांग्रेसको नेतृत्व लिएको यही चैत ५ देखि […]

२०७३ चैत्र १३ गते, आईतवार

‘हाम्रो माग यथावत छ’

काठमाडौं, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनबारे लिखित र मौखिक सहमतिभन्दा पनि कार्यगतरुपमा नआएसम्म निर्वाचनमा सहभागी हुन नसकिने बताएका छन । उनले संविधान संशोधनबारे दलहरुबीच सैद्धान्तिक सहमति भएपनि ठोस निर्णय नभएको बताए । तमलोपा जिल्ला कार्यसमिति मोरङले आज विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् […]

२०७३ चैत्र १२ गते, शनिबार