राजनीति

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा निधन भएको छ । निमोनियाका कारण ७९ वर्षीय कोइरालाको गएराति निधन भएको हो । दमसम्बन्धी क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला […]

२०७२ माघ २६ गते, मंगलवार

मोर्चाले नाकामा धर्ना नदिने

काठमाडौ, २५ माघ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मधेशी मोर्चाको बैठकले नाकामा धर्ना दिने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । मोर्चाले लाठी जुलुस प्रदर्शन लगायतका दबावमुलक नयाँ कार्यक्रम भने घोषणा गरेको छ । बैठकमा चार दलका चार अध्यक्षहरु मात्र सहभागी थिए । मधेसी मोर्चाले सोमबार दिउँसो विज्ञप्ति जारी गरेर नाका अवरोध स्थगित […]

२०७२ माघ २५ गते, सोमबार

कांग्रेसको जिल्ला अधिवेशन हुँदै

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार आज ६५ जिल्लामा अधिवेशन हुँदैछ । संयोजक अधिकारीका अनुसार केही जिल्लामा क्षेत्रीय अधिवेशन नसकिएकाले ६५ जिल्लामा मात्र अधिवेशन हुने छ । ५४ जिल्लाका एक सय ९१ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनधि छनोट भइसकेका छन् भने क्षेत्रीय अधिवेशन पनि सकिएको छ । एउटा मात्र […]

२०७२ माघ २५ गते, सोमबार

कालोबजारी विरुद्ध अखिल क्रान्तिकारी

काठमाडौँ, २४ माघ । माओवादी निकट तीन वटै बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालोबजारी विरुद्ध काठमाडौं उपत्यकाका क्यामपस अगाडि प्रदर्शन गरेका छन् । माओवादी निकट तीनवटा अखिल क्रान्तिकारीले कालोबजारी रोक्नु पर्ने, पेट्रोलियम पदार्थको सहज आपूर्ति, अन्तराष्ट्रिय मुल्य अनुसार समायोजन, सार्वजनिक यातायातको भाडा घटाउनु पर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन् । काठमाडौको रत्नराज्य, पशुपति बहुमुखी, मिनभवन […]

२०७२ माघ २४ गते, आईतवार

नाका बन्द गर्न खोज्ने मोर्चा कार्यकर्ता लखेटिए

काठमाडौं, २३ माघ । १ सय ३५ दिनपछि खुलेको वीरगन्ज–रक्सौल नाका शनिबार पुनः बन्द गर्न मितेरी पुलमा गएका मधेसी मोर्चाका नेता तथा कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् । मितेरी पुलमा नारा लगाउन खोज्दा भारतीय ढुवानीकर्ता र स्थानीयले विरोध जनाएपछि केहीबेर झडप भएको थियो । १० मिनेटको झडपपछि मधेसी मोर्चाका कार्यकर्ता फर्किएका थिए । सीमानाका बन्द गराउन […]

२०७२ माघ २३ गते, शनिबार

रक्सौल नाका खुल्यो

काठमाडौं, २२ माघ । बन्द भएको एक सय ३५ दिन पछि रक्सौल नाका खुलेको छ । आज दिउँसोदेखि वीरगञ्जको मितेरी पुल भएर साना सवारी साधन चल्न थालेका हुन् । गएको असोज ७ गतेदेखि रक्सौल नाका ठप्प थियो । यो नाकामा असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि त्यसको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका […]

२०७२ माघ २२ गते, शुक्रबार

कांग्रेस महाधिवेशन प्रतिनिधि चुन्दै

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि आज महाधिवेशन प्रतिनिधि चयन गरिँदैछ । महाधिवेशनपछिको अर्को शक्तिशाली निकाय मानिएको महासमितिका लागि पनि आजै सदस्य चयन हुँदैछन् । हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत पनि प्रष्टयाउने भएकाले निर्वाचनलाई महत्वका […]

२०७२ माघ २२ गते, शुक्रबार

क्षेत्राधिकार बढाउनु पर्‍यो : अख्तियार

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अख्तियारको क्षेत्राधिकार बढाउन माग गरेका छन । आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने क्रममा सो अनुरोध गरेको हो । अख्तियारले अहिले ४०प्रतिसत भन्दा कम क्षेत्रमा मात्रै भ्रष्टाचार हेर्ने अधिकार पाएको भन्दै उनले संविधान संशोधनमार्फत् आयोगलाइ अधिकार सम्पन्न बनाउनु पर्ने बताए […]

२०७२ माघ २१ गते, बिहीबार

वीरगन्ज–रक्सौल नाका तत्काल खुल्छ : महतो

काठमाडौं, २१ माघ । मधेस आन्दोलनका लागि सहयोग जुटाउन भन्दै भारतको बिहार पुगेर फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज–रक्सौल नाका खुला गर्नुपर्ने बताएका छन् । अध्यक्ष महतोले नाका बन्द हुँदा मधेसको आर्थिक अवस्था धारासाही बन्दै गएकाले वीरगन्ज–रक्सोल नाका पनि छिट्टै खुला गर्नुपर्ने बताएका हुन् । उनले नाकाबन्दीका कारण आर्थिक राजधानीको रुपमा चिनिएको वीरगन्ज शहर […]

२०७२ माघ २१ गते, बिहीबार

पूर्वसभाध्यक्ष नेम्वाङलाई ६० लाखको गाडी

काठमाडौ, २१ माघ । सरकारले संविधानसभाका पूर्वअध्यक्षको हैसियतमा सुवासचन्द्र नेम्वाङलाई आजीवन सुविधाका लागि ६० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडी उपलव्ध गराउने भएको छ। एक महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार व्यवस्थापिका संसद् सचिवलयले सभाध्यक्ष नेम्वाङलाई उपलव्ध गराइने गाडी खरिदका लागि बोलपत्रसभेत आह्वान गरेको छ। गत २१ पुस देखि बिहीबार सम्म एक महिनाको समय राखेर संसद् सचिवालयले […]

२०७२ माघ २१ गते, बिहीबार