राजनीति

अघोषित नाकाबन्दी तत्काल अन्त्य गर : प्रधानमन्त्री

काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारत सरकार र सम्बद्ध अधिकारीसँग अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी अत्यावश्यक बस्तुको आपूर्ति सुचारु गर्न र दुई देशबीचको युगौँ पुरानो सम्बन्धमा थप प्रतिकूलता उत्पन्न हुन नदिन जोडदार आग्रह गर्नुभएको छ । आज साँझ देशबासीका नाममा दिनुभएको आफू प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपाल सरकार र […]

२०७२ कार्तिक ३० गते, सोमबार

प्रधानमन्त्रीले ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । सरकार गठन भएको एक महिना पुगेको अवसर पारेर उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । भारतले लगाएको नाकाबन्दीसहित समसामयिक विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ ।

२०७२ कार्तिक २९ गते, आईतवार

मधेसी मोर्चासँग संयुक्त छलफल हुदै

काठमाडौ, २९ कात्तिक । सरकारमा रहेका नेकपा एमाले, एकीकृत नेकपा माओवादी र विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले आज मधेसी मोर्चासँग वार्ता गर्ने भएका छन् । हिजोको सहमति अनुसार आज उच्च तहको वार्ता गर्ने नेताहरुले बताएका छन् । मधेसी मोर्चा राखेको संघीयसीमाका विषयमा मुख्य गरी दलहरुबीच छलफल हुनेछ । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशको अडान […]

२०७२ कार्तिक २९ गते, आईतवार

मोर्चाद्वारा एमाले पर्सा कार्यालयमा आगजनी

काठमाडौं,२८ कार्तिक । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान वीरगन्ज उपमहानगरपालिका रामगढवास्थित नेकपा(एमाले) पर्साको कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले एमाले पार्टीले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशनानुसार अञ्चलस्तरीय चियापान कार्यक्रम आयोजना गर्न लागिएको जनाई त्यसको प्रतिकारस्वरुप आगजनी गरेको बताइएको छ । मोर्चाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशन गरी एमाले पर्साले शनिबार गर्ने चियापान […]

२०७२ कार्तिक २८ गते, शनिबार

फ्रान्समा आपतकालिन अवस्था घोषणा

काठमाडौं,२८ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोली प्रहार र विस्फोटमा कम्तिमा १ सय ५३ जना मारिएका छन । यति धेरै मानिसको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली प्रहार तथा विस्फोट भएपछि फ्रान्स सरकारले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै आपतकालिन अवस्थाको घोषणा गरेका हुन् । […]

२०७२ कार्तिक २८ गते, शनिबार

मोदीले फेरी खोके , ‘भारत बुद्धको भूमि हो ‘

काठमाडौं, २७ कात्तिक । नेपालमाथि नाकाबन्दी गर्दै आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर ‘भारत बुद्धको भूमि हो’ भन्ने अभिव्यक्ति दिएर नेपालीलाई थप चिढ्याएका छन् । भारतमा भइरहेको धार्मिक असहिष्णु व्यवहारका बारेमा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ‘भारत बुद्ध र गान्धीको भूमि हो’ भनेका हुन् । भारतीय संचारमाध्यमले पनि मोदीले भारतलाई बुद्धको भूमि भनेको समाचारलाई […]

२०७२ कार्तिक २७ गते, शुक्रबार

आजदेखि नेपाल संवत ११३६ सुरु

काटमाडौं, २६ कात्तिक । आजदेखि नेपाल संवत ११३६ सुरु भएको छ । नेवार समुदायले नेपाल संवतलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इश्वी संम्वत ८८० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । नेपाल संवतले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवतको मान्यता पाएको संस्कृतिविद सत्यमोहन जोशीले […]

२०७२ कार्तिक २६ गते, बिहीबार

प्रधानमन्त्रीले देशवासीका नाममा गर्ने भनिएको सम्बोधन स्थगित

काठमाडौ २४ कार्तिक । भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गर्ने भनिएको सम्बोधन आज नहुने भएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछिको संकटपूर्ण अवस्था र आफूले गर्न लागेका प्रमुख कामहरुको बारेमा प्रधानमन्त्री ओलीले आज सम्बोधन मार्फत जानकारी गराउने कार्यक्रम थियो । समय अभाव र तयारी अपुग […]

२०७२ कार्तिक २४ गते, मंगलवार

सरकारद्वारा निःशुल्क बस संचालन

काठमाडौं, २५ कात्तिक । सरकारले आजदेखि आउँदो शनिबारसम्म हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लगनखेलबाट चक्रपथ घुम्ने रुटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको एउटा, शिक्षा मन्त्रालयको दुईवटा, न्याय सेवा तालिम केन्द्रको एउटा र सामान्य प्रशासन मन्त्रालयको एउटा गरी […]

२०७२ कार्तिक २५ गते, बुधबार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

| काठमाडौं, २४ कार्तिक । सरकार गठन भएको एक महिना पुगेको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा पहिलो औपचारिक सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले भारतले लगाएको नाकाबन्दीसहित अन्य विषयलाई समेटेर देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।प्रधानमन्त्रीको सम्बोधनमा मुलुकका समस्या र सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराइने भएको छ । प्रधानमन्त्री ओलीले […]

२०७२ कार्तिक २४ गते, मंगलवार