राजनीति

कृषिमन्त्रीलाई कारबाहीको माग

काठमाडौ, १६ असार । असार १५ को अवसरमा आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले हिलो खेल्ने बाहनामा महिलालाई गरेको ‘दुरब्यबहार’को संसदमा आलोचना भएको छ । बुधबारको बैठकमा बोल्ने सभासदहरुले ‘कृषिमन्त्रीको क्रियाकलाप खेदजनक हो’–भनेका छन् ।बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद जनार्दन शर्माले ‘कृषिमन्त्रीले महिलामाथि गरेको अपमानलाई सबै जनताले प्रश्न उठाएको बताए । उनले मन्त्री पराजुलीलाई कारबाही […]

२०७२ असार १६ गते, बुधबार

असारभित्रै संविधान ल्याउन गृहकार्य

काठमाडौ, १६ असार । दलहरुबीच असारभित्रै संविधान जारी गर्ने गृहकार्य सुरु भएको छ । संविधानको मस्यौदा संविधानसभामा पेश भएपछि अब त्यसको प्रक्रियामा प्रवेश गर्ने भएका हुन् । कार्यतालिका बनाउने विषयमा दलहरुबीच आज अनौपचारिक छलफल हुनेछ । असार मसान्तभित्र संविधान ल्याउने गरी सबैभन्दा छोटो बाटो खोज्ने वा लम्ब्याउने भन्नेमा दलहरुबीच केही मतभेद छ । दलहरुबीच सहमति […]

२०७२ असार १६ गते, बुधबार

संसदीय व्यवस्था अस्वीकार्य :वैद्य

काठमाडौँ, १५ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संसदीय व्यवस्था भएको संविधान जारी गरिए त्यो आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको छ । जाजरकोटमा २०५६ असार १५ गते सुरक्षाकर्मीद्वारा पक्राउपछि हत्या गरिएका छ माओवादी कार्यकर्ताको स्मृतिमा माओवादी उपत्यका ब्युरोले आज यहाँ आयोजना गरेको ‘जाजरकोट कुसतारा हत्याकाण्ड १६औं स्मृति दिवस’मा अध्यक्ष वैद्यले संसदीय व्यवस्था नेपालको सन्दर्भमा असफलसिद्ध भइसकेको […]

२०७२ असार १५ गते, मंगलवार

पहिरोको उच्च जोखिममा परेका बस्तीहरु हटाइने

काठमाडौं, १५असार । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय गरेको छ ।त्यसका लागि गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्री डाक्टर नारायण खड्का सदस्य रहेको समिति गठन गरेको छ । खानी तथा भू–गर्भ विभागका साथै सभासद र […]

२०७२ असार १५ गते, मंगलवार

आज राष्ट्रिय धान दिवस

काठमाडौ, १५ असार । १२ औं राष्ट्रिय धान दिवस आज देशभरमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम २०७२ मूल समारोह समितिको आयोजनामा कागेश्वरी मनहरा १० काठमाडौंमा बिहान विशेष कार्यक्रम गरिदैछ । बिहान साढे ११ बजे हुने कार्यक्रममा सरकारी अधिकारी, गैरसरकारी निकायका प्रतिनिधि र किसानहरुको उपस्थिति रहने कृषि विभागले […]

२०७२ असार १५ गते, मंगलवार

एमाओवादीद्वारा संविधानको मस्यौदा अस्वीकार

काठमाडौं, १४ असार । एमाओवादीले नयाँ संविधान जारी गर्नको लागि संविधानसभा मस्यौदा समितिले तयार पारेको मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । एमाओवादीले विगतमा भएका सहमति र सम्झौता विपरीत कांग्रेस–एमालेले मस्यौदा तयार पारेको भन्दै हस्ताक्षर गर्न नमानेको हो ।मस्यौदाको प्रतिवेदनमा एमाओवादीले हस्ताक्षर गर्न नमान्दा संविधानसभाको बैठक बेलुकी ७ बजेसम्मको लागि स्थगित गरिएको छ । जनयुद्ध, […]

२०७२ असार १४ गते, सोमबार

प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठ सिफारिश

काठमाडौं, १४ असार । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठलाई सर्वसम्मतिले सिफारिश गरेको छ ।व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा भएको सुनुवाइमा आफूविरुद्ध उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै न्यायाधीश श्रेष्ठले ‘न्यायालयप्रतिको स्वतन्त्रता अक्षुण्ण राख्न सबै लाग्नुपर्ने’ बताए ।उनले ‘न्यायालयप्रति अनास्था जगाउने काम कहिँ–कतैबाट हुन नहुने’ भन्दै ‘प्रजातन्त्रको आधार भनेकै न्यायालयको निष्पक्षता […]

२०७२ असार १४ गते, सोमबार

लिपुलेक सम्झौता विरुद्ध युवा संघ

काठमाडौं । भारत र चिनीका बिचमा लिपु लेकका सम्बन्धमा भएको सम्झौता विरुद्ध नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले जाईलाग्ने चेतावनी दिएको छ । संघकी उपाध्यक्ष तथा राजनैतिक सांगठनिक तथा वैचारिक रुपान्तरण अभियानकी संयोजक दिलुपन्त नेतृत्वले राजधानीमा पत्रकार सम्मेलन गर्दै लिपुलेक सम्झौता नसच्याए जाई लाग्ने चेतावनी दिएको हो । ‘नेपालीको पहिचान जाई नलाग्ने र आईलाग्नेलाई […]

२०७२ असार १३ गते, आईतवार

संविधान निर्माणमा मधेशी दलको मौन समर्थन

काठमाडौं, १४ असार । चार दलको बीचमा भएको १६ बुँदे सहमतिमा असन्तुष्ट संविधानसभामा रहेका मधेशी दलहरुले प्रस्तावित संविधानका धाराहरूमा असहमति राखेर प्रक्रियामा सहभागी हुने संकेत गरेका छन् । १६ बुँदेको विरोधमा तत्काल तीव्र प्रतिक्रिया दिएका उनीहरू त्यसयता समितिका बैठकहरुमा सहभागि भइरहेका छन् । मस्यौदा समितिकै बैठकमा पनि आफ्ना कुरा नपरेकामा विमती राख्दै प्रक्रियालाई अवरोध गरेका […]

२०७२ असार १४ गते, सोमबार

खेलकुद मन्त्री बर्खास्त

काठमाडौं, १३असार । नेकपा एमालेले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिमा पार्टी निर्णयविरुद्ध गएको आरोप मन्त्री पौडेलमाथि लाग्दै आएको थियो ।मन्त्री पौडेलले गत विहिवार केशवकुमार विष्टलाई परिषदको सदस्य सचिव पदमा नियुक्त गरेका थिए ।पार्टीको सिफारिश बिना आफूनिकटका विष्टलाई परिषदको सदस्यसचिव बनाएपछि संस्थापन पक्ष पौडलप्रति आक्रामक बनेको थियो । […]

२०७२ असार १३ गते, आईतवार