राजनीति

रेग्मीको रिटको सुनुवाई आज पनि टुंङ्गिएन

काठमाडौ, २० असार । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेका रिटहरूको टुङ्गो आज पनि लाग्न सकेन ।आज सबै रिटहरूमाथि वहस भएपछि टुङ्गो लाग्ने बताइएको थियो । बाधा अड्काउ फुकाउ विरुद्धको रिटहरूमाथि अब साउन १७ गते मात्रै सुनुवाई हुने भएको छ । बहालवाला प्रधानन्यायाधीशले सरकारको नेतृत्व गर्नु शक्ति पृथकीकरण सिद्धान्तविपरीत हुने भन्दै अधिवक्ता ओमप्रकाश अर्याल र […]

२०७० असार २० गते, बिहीबार

निर्वाचन भाँड्ने सशस्त्र समूहको चेतावनी

जनकपुर, १९ असार– तराईकेन्द्रित एक दर्जन सशस्त्र समूहले आगामी ४ मंसिरका लागि घोषित संविधानसभा निर्वाचन एकजुट भएर प्रतिकार गर्ने निर्णय लिएका छन् । ती समूहको एकता बैठकले संविधानसभा निर्वाचनलाई असफल बनाउन जस्तोसुकै कदम उठाउने चेतावनी पनि दिएको छ । अज्ञातस्थलमा सम्पन्न सशस्त्र समूहको एकता बैठकले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिको अध्यक्षतामा एकत्रित मोर्चा […]

२०७० असार १९ गते, बुधबार

सद्‍भावना र जनतान्त्रिक मोर्चावीच एकीकरण

काठमाडौ, १८ असार -‘संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीमा बिलय भएको छ ।राजधानीमा मंगलवार आयोजित कार्यक्रममा सद्‍भावना र मोर्चावीच एकीकरण भएको हो । मोर्चाका संरक्षक सञ्जय गुप्ता (कौटिल्य शर्मा) ले आफू नेतृत्वको मोर्चा र सदभावनावीच एकीकरण भएको बताए । एकीकरणको पत्रमा महतोसहित संरक्षक गुप्ता र केन्द्रीय संयोजक रविदत्त मिश्र (राजगुरु) ले […]

२०७० असार १८ गते, मंगलवार

एमाओवादीको बिबाद मिलाउन बैठक बस्दै

काठमाडौं, असार १६ – एकीकृत नेकपा माओवादी भित्र देखिएको पद बाँडफाँडको विवाद मिलाउन आजपनि पदाधिकारी बैठक बस्दैछ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने पदाधिकारी बैठकमा पद बाँडफाँडमा देखिएको विवाद, उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको पदत्यागको घोषणालगायतका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । पदाधिकारी बैठकपछि विहान ११ बजे विभिन्न व्युरो, विभाग र जनवर्गीय संगठनका […]

२०७० असार १६ गते, आईतवार

आज ५५ औ संसद दिवस

काठमाडौ, १६ असार ।आज ५५ औ संसद दिवस , संसद दिवस मनाउन पूर्वसांसदहरुको क्लबले काठमडौमा कार्यक्रम आयोजना गरेका छन् । विक्रम संवत २०१५ सालमा नेपालमा पहिलो संसद बनेको थियो । संसदको पहिलो बैठक २०१६ साल असार १६ गते पुर्व सभामुख कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा बसेको थियो । यसको संझनामा वि स २०४८ साल देखि प्रत्येक वर्ष […]

२०७० असार १६ गते, आईतवार

किरणको कान्छी छोरी सृजनाको सुटुक्क विवाह

काठमाडौ, १५ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो कान्छी छोरी सिर्जनाको विवाह एकिकृत माओवादीका केन्द्रिय सदस्य केशव नेपालका छोरासँग गरिदिनु भएको छ ।हिजो सुक्रबार किरणको छोरी सृजनाको बिबाह सुटुक्क भएको हो । नेताका छोराछोरीको वैवाहिक कार्यक्रमको निकै नै हल्लाखल्ला हुने भएपनि सिर्जनाको भने गोप्य रुपमा वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो । यसअघि वैद्यको […]

२०७० असार १५ गते, शनिबार

नेकपा–माओवादीको बैठकको तयारी पूरा

काठमाडौं ,१४ असार । नेकपा–माओवादीको भोलिदेखि पोखरामा हुने केन्द्रीय समितिको मूल बैठकको सम्पूर्ण तैयारी पूरा भएको छ ।यही असार १८ गतेसम्म चल्ने उक्त बैठकमा केन्द्रीय, पूर्ण र वैकल्पिक सदस्य १५१ जना र सल्लाहकार ५२ जना गरी २०३ जना सहभागी हुने बताइएको छ ।पोखराको माटेपानीस्थित मार्फाली थकाली सेवा सदनमा हुने बैठकमा सरकारले आगामी मङ्सिर ४ गते […]

२०७० असार १४ गते, शुक्रबार

पाटन क्याम्पस अनिश्चितकालका लागि बन्द

ललितपुर १३ असार – पाटन संयुक्त क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियु र एमाओवादीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडपपछि उत्पन्न तनावका कारण क्याम्पस प्रशासनले क्याम्पसको शैक्षिक तथा सम्पूर्ण प्रशासनिक कार्य अनिश्चितकालका लागि स्थगन गरेको छ। क्याम्पसका प्रमुख अमन श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै दुबै विद्यार्थी सङ्गठन र एमाओवादीको वाइसिएलबीच अझै झडपको स्थिति आउने सक्ने […]

२०७० असार १३ गते, बिहीबार

पाटन क्याम्पसमा झडप

काठमाडौ, असार १२ – ललितपुरको पाटन क्याम्पसमा एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुवीच झडप हुँदा दुबै पक्षका एक/एक जना घाइते भएका हुन् ।घाइतेहरुलाई जाउलाखेलको अल्का अस्पतालमा भर्ना गरिएको छ ।क्याम्पसमा छात्रवृत्ति लगायतका विषयमा भएको विवादका कारण अनेरास्ववियुले क्याम्पस प्रमुखलाई प्रवेश गर्न अबरोध गर्न खोजेपछि झडप भएको हो । तर अनेरास्ववियुले भने क्याम्पस प्रमुखसंग […]

२०७० असार १२ गते, बुधबार

एमालेमा फागुनभित्र महाधिवेशन गर्ने समझदारी

काठमाडौं, ११ असार- नेकपा एमालेका नेताहरूबीच एकता सुदृढ गर्दै तत्कालका लागि संविधानसभा निर्वाचनमै पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने र निर्वाचनलगत्तै विधानअनुसार आगामी फागुनभित्र पार्टी महाधिवेशन आयोजना गर्ने समझदारी भएको छ । पार्टी कार्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकमा नेताहरूबीच प्रतिनिधि परिषद् बैठक र महाधिवेशनबारे देखिएको पछिल्लो असमझदारी व्यवस्थापन गर्दै सो सहमति भएको हो । […]

२०७० असार ११ गते, मंगलवार