राजनीति

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने बताइएको छ। त्यस्तै अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताइएको छ । पार्टीसम्बद्ध युवा संगठनले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा […]

२०८२ असार १९ गते, बिहीबार

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर !

काठमाडौँ । सर्वोच्च अदालतले चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदा पहिलो चरणको ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर भएको हो। दोस्रो चरणको २० जनाको नियुक्ति भने […]

२०८२ असार १९ गते, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन्। उनले आफ्नो सचिवालयमा सरकारका तर्फ रहेका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको बताइएकाे छ।भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको […]

२०८२ असार १८ गते, बुधबार

एमसीसीले निरन्तरता पाउने !

काठमाडौँ । नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। एमसिए नेपालले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी सरकारको यो निर्णयलाई स्वागत गरेको […]

२०८२ असार १८ गते, बुधबार

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकाय तथा आयोगहमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय आज सुनाउँदै छ। साढे चार वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय बुधबार सुनाउन लागेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले माघ ३० गतेदेखि यो […]

२०८२ असार १८ गते, बुधबार

रुपन्देही – ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने जनाएको छ । सोमबार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कार्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।२०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका […]

२०८२ असार १७ गते, मंगलवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको छ ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ । कांग्रेसका […]

२०८२ असार १६ गते, सोमबार

प्रभु साहले च्याते रोष्ट्रममै निजामती विधेयक

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामति सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन्। उनले संघीय निजामति सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए।गरिवको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै […]

२०८२ असार १५ गते, आईतवार

माओवादीमा पद र स्वार्थको निम्ति तँछाडमछाड !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पार्टीमा विचार र सिद्धान्तभन्दापनि पद र स्वार्थको लागि तँछाडमँछाड हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले आफ्नो वर्ग बिर्सिएको भएपनि अहिले विस्तारै आफ्नो वर्गमा फर्किएको बताए ।उनले […]

२०८२ असार १४ गते, शनिबार

प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। शनिबारकाे प्रतिनिधिसभामा उनले भ्रमण तालिकाबारे पनि स्पष्ट पारे। संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दैछन्। हरेक एक दशकमा आयोजना उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पनि संयुक्त राष्ट्रसंघको महासभामा जस्तै सदस्य राष्ट्रका […]

२०८२ असार १४ गते, शनिबार