राजनीति

जनगणना कार्यलय दार्चुलामा तालाबन्दी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न माग गर्दै जनगणना जिल्ला कार्यलय दार्चुलामा कालो झण्डा गाडेको छ। कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रको जनगणना नगर्ने जनाएपछि जनगणना जिल्ला कार्यलय दार्चुलामा तालाबन्दीसहित कालो झण्डा गाडिएको ने क पा दार्चुलाले जनाएको छ ।

२०७८ कार्तिक १२ गते, शुक्रबार

कालिकोटमा नेकपा हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेखको प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रम कालिकोटको माल्कोटमा विहिवारवाट सुरु गरेको छ ।प्रशिक्षणमा पार्टीको अवस्था,संगठनको गतिवधि र पार्टीलाई दिनुपर्ने सुझाव सहित २१ जनाले रिपोटिङ्ग पेश गर्ने कार्यसूचि रहेको नेकपा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले बताए । प्रशिक्षण कार्यक्रममा डोल्पा वाहेक हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेख जिल्लाका करिव दुई सय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको […]

२०७८ कार्तिक १२ गते, शुक्रबार

काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाही !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ । यहि ७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११औँ पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाभित्रका दर्जनौं योजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गरेर जनकारबाही गर्ने बताएको […]

२०७८ कार्तिक ११ गते, बिहीबार

नेकपाका नेता वीरजंगको स्मृतिमा देशैभरी श्रद्धान्जली सभा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्रबहादुर चन्द विरजंगको स्मृर्तीमा आज देशैभरी श्रद्धान्जली सभा भएको छ । यसैक्रममा सो पार्टी केन्द्रिय समितिको आयोजनामा विरजंग निवास शिवगढीमा आयोजना गरिएको श्रद्धान्जली सभामा नेकपाका महासचिव विप्लव , नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरालगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । विरजंगको सम्झनामा ठूला संख्यामा […]

२०७८ कार्तिक १० गते, बुधबार

‘वीरजङ्ग दुर्लभ त्यागी नेताहरूको कोटीमा’

काठमाडौं । : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर/ललितपुर जिल्ला इन्चार्ज नवीन बिश्वकर्मा ‘हितमान’ ले क्रान्तिका दलाल र गद्दारहरूलाई ललकार्दै हरेक विद्रोहमा क्रान्तिकारीहरूको साथ दिने नेता वीरजङ्ग दुर्लभ त्यागी नेताहरूको कोटीमा अग्रभागमा रहेको बताउदै वीरजङ्गको निधन बलिदान सहादत स्तरको रहेको बताएका छन् । नेकपा ललितपुरले बुधबार पुल्चोक, पाट्नढोकामा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै […]

२०७८ कार्तिक ११ गते, बिहीबार

नेकपा एमसीसीको कार्यालय तत्काल बन्द गर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न जिल्लामा खोलिएको एमसीसीको कार्यालय तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । यसैक्रमा नेपाल कम्युनिष्ट पार्टी काठमाडौँले मंगलबार काठमाडौँका कार्यालय प्रमुखलाई पत्र पठाउदै राष्ट्रघाती सम्झौता एमसीसी जबरजस्त लाद्ने कुचेष्टा नगर्न चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँका जिल्ला सेक्रेटरी तुलसीनारायण महर्जनद्वारा हस्ताक्षरित पत्र काठमाडौँ कार्यालय प्रमुखलाई […]

२०७८ कार्तिक १० गते, बुधबार

एम सि ए कार्यालय तत्काल हटाउन माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरसहित विभिन्न १० वटा पार्टी र ५ वटा संघसंस्थाले एम सि ए कार्यालय हेटौंडालाई संयुक्त हस्ताक्षरित पत्र बुझाएका छन्। MCC सम्झौता कार्यन्वयनको पूर्व तयारीका लागि मकवानपुरमा खोलेको एम सि ए कार्यालय तत्काल हटाउन उक्त पत्र बुझाएका हुन् ।बिगतदेखि नै नेपाल सरकार र अमेरिका बीच भएको अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पोरेसन […]

२०७८ कार्तिक ९ गते, मंगलवार

नेकपा पाल्पाद्वारा एमसीसीको शाखा कार्यालय तुरुन्त हटाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसी परियोजना अन्तर्गत निर्माण भएको एमसीसीको कार्यालय तुरुन्त हटाउन चेतावनी दिएको छ । सोमबार पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेकपा निकट मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यालयका शाखा प्रमुख सङ्गिता नेपाललाई तुरुन्तै त्यहाँबाट कार्यालय हटाउन […]

२०७८ कार्तिक ९ गते, मंगलवार

‘बर्तमान राजनीतिक संकटको निकास जनमतसङ्ग्रह ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ ले बर्तमान राजनीतिक संकटको एकमा मात्र निकास जनमतसङ्ग्रह भएको ठोकुवा गरेकी छिन। नेत्री शिलुले पछिल्लो राजनैतिक घटनाक्रम, पार्टीको कार्यनिति, कार्यदिशा र हालसालै सम्पन्न भएको ११ औँ पूर्ण बैठकको नीति जानकारी गराउने उद्देश्यसहित नेकपा कास्कीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो […]

२०७८ कार्तिक ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा सुडानी सेनाको कार्यको घोर बिरोध

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सुडानी सेनाले सुडानी जनतामाथि गरिएको हत्या , हिंसा र गिरफ्तारी तथा मानवअधिकारको घोर उलंघनकाबारेमा घोर विरोध र कडा शब्दमा भण्डाफोर गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ति जारी गर्दै भण्डाफोर गरेका हुन् । यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर […]

२०७८ कार्तिक ९ गते, मंगलवार