राजनीति

ने.क.पा. नुवाकोटका सेक्रेटरी गिरफ्तार

काठमाडौं , २३ पुष । नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका जिल्ला सेक्रेटरी विन्तोष सिलवाललाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले जानकारी दिए । नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं […]

२०७६ पुष २३ गते, बुधबार

मापदण्डविपरीत सञ्चालित क्रसर उद्याेग बन्द नगरे कारबाही

काठमाडौं , २२ पुष । जिल्लास्तरीय अनुगमन समिति काभ्रेले मापदण्डविपरीत सञ्चालित क्रसर उद्याेग बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ । समितिले पनौती नगरपालिका– ५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । समितिले अनुगमनका क्रममा पुण्यमाता […]

२०७६ पुष २२ गते, मंगलवार

कांग्रेसका असन्तुष्ट पक्षको भेला

काठमाडौं , २१ पुष । नेपाली कांग्रेसका असन्तुष्ट पक्षको भेला सानेपामा सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको सो भेलामा वरिष्ठ नेता पौडेललगायत संस्थापनइतर पक्षका जिल्ला सभापतिहरु सहभागी भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको र आफ्ना मागहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले जिल्ला सभापतिहरुको […]

२०७६ पुष २१ गते, सोमबार

सांसद साहबिरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं , १८ पुष । नेपाली काँग्रेसका तर्फबाट सांसद बनेका अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी […]

२०७६ पुष १८ गते, शुक्रबार

पत्रकार महासंघद्वारा सूचना प्रविधि विधेयक सच्याउन माग

काठमाडौँ , १६ पुष । नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक सच्याउन माग गरेको छ । महासंघले इन्टरनेटको माध्यमबाट गरिने अभिव्यक्तिमा कडिकडाउ पार्ने गरी ल्याइएको सूचना प्रविधि विधेयकप्रति आपत्ति जनाउदै लेखेकै आधारमा दिइने कठोर दण्डले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नुका साथै विधेयकका कतिपय प्रावधान आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने औंल्याउँदै त्यसमा […]

२०७६ पुष १६ गते, बुधबार

‘गाउँपालिका तोडफोडमा नेकपाको सग्लनता छैन ‘

काठमाडौँ , १६ पुष । नेपाल कम्युनिस्ट पार्टीले गाउँपालिका तोडफोडमा नेकपाको सग्लनता नभएको बताएको छ । सो पार्टीका गुल्मी जिल्ला इन्चार्जले गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको संग्लनता नरहेको स्पष्ट पारेका छन । जिल्ला इन्चार्ज सामनाद्वारा जारी गरिएको एक विज्ञप्तिमा, गुल्मिको रुरु गाउँपालिकामा भएको तोडफोड, कागजात च्यातिएको घटना, २ लाख ३४ हजारको चेक चोरी […]

२०७६ पुष १६ गते, बुधबार

एम सि सि सम्झौता : अमेरिकी साम्राज्यवादको नाङो हस्तक्षेप

काठमाडौं , १५ पुष । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले पलाता गाउँपालिकामा एमसिसि सम्झौताको विरुद्धमा भब्य जनसभा सम्पन्न गरेको छ । उक्त जनसभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । पलाता गाउँपालिका ईन्चार्ज पदम बमको सभापतित्व र जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा अन्य नेताकार्यकर्ता र सयौं जनसमुदायको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन […]

२०७६ पुष १५ गते, मंगलवार

देजमोको कार्यक्रममा प्रहरी दमन

काठमाडौं , १३ पुष । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतीय विस्तारवादद्वारा अतिक्रिमित भूमि फिर्ताको माग गर्दै गरेको कार्यक्रममा प्रहरीद्वारा दमन भएको छ । राष्ट्रिय स्वाधीनताको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलाबाट नाराजुलुससहित सिंहदरबार जाने क्रममा निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि […]

२०७६ पुष १३ गते, आईतवार

एनसेललाई कुनै पनि कार्यक्रम नगर्न चेतावनी

काठमाडौँ , १२ पुष । नेपाल कम्युुनिस्ट पार्टीले सो पार्टीको आग्रहलाई अटेरी गरी एनसेलले कुनै पनि कार्यक्रम गरेमा यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मा स्वंयम एनसेल नै हुने चेतावनी दिएको छ । नेपाल कम्युुनिस्ट पार्टी रुपन्देहीका जिल्ला सेक्रेटरी विजयले प्रेस विज्ञप्ति जारी गर्दै एनसेलले राज्यलाई पूर्णत कर नतिरेसम्म कुनै पनि कार्यक्रम नगर्न जानकारी गराउँदै सम्पूर्ण […]

२०७६ पुष १२ गते, शनिबार

‘ सत्तारूढ पार्टीका कार्यकर्ताले जनताको घर र खरका कुन्युहरूमा आगो लगाए’

काठमाडाैँ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टीले सत्तारूढ नेकपाका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीदार्चुलाले विज्ञप्ति जारी गर्दै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ बस्कोटमा सत्तारूढ पार्टीका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको […]

२०७६ पुष ११ गते, शुक्रबार