राजनीति

माधव नेपालको भारत भ्रमण रोकियो

काठमाडौं, १८ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि उनको भारत भ्रमण रोकिएको हो । नेपाल सरकारको तर्फबाट विशेष दूत भएर पूर्वप्रधानमन्त्री नेपाल पछिल्लो समय भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका भू–भागहरू समेटेपछि उत्पन्न विवादका विषय छलफल गर्न भारत जाने तयारी […]

२०७६ मंसिर १८ गते, बुधबार

बौद्धिक अपाङ्ग सम्मेलन शुरु हुँदै

काठमाडौं, १७ मंसिर । एशियाली बौद्धिक अपाङ्ग महासङ्घको २४औँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले सुस्त मनःस्थितिको अवस्था जटिल भएका कारणले महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास […]

२०७६ मंसिर १७ गते, मंगलवार

१३औँ सागकाे औपचारिक उद्घाटन हुँदै

काठमाडौँ, १५ मंसिर । आज दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)काे १३औँ संस्करणकाे उद्घाटन आज हुँदैछ । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघटकाे कुम्भमेला मानिने सागका खेलहरू यसअघि नै सुरू भइसके पनि आज काठमाडौँ, पोखरा र जनकपुरमा औपचारिक रूपले सुरु हुँदै छन् । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ करिब सवा […]

२०७६ मंसिर १५ गते, आईतवार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडाैँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै त्रिवि शिक्षण अस्पताल पुगी भर्ना भएका छन । स्वास्थ्यमा समस्या आएपछि मंगलबार विहान शिक्षण अस्पतालमा भर्ना भएका उनको एपेण्डिसाइटिस शल्यक्रिया गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस […]

२०७६ मंसिर १० गते, मंगलवार

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

काठमाडौं, ९ मंसिर । आज नोभेम्बर २५ , आजबाट लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मूल नाराका साथ यो अभियान मनाईंदै छ । अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन लैंगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गरी मनाइने हुनाले यसलाई लैंगिक हिंसा विरुद्ध […]

२०७६ मंसिर ९ गते, सोमबार

नेकपा झापाद्वारा जनकारवाहीको अपिल

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले सार्वजानिक रुपमै गाउँ गाउँमा गएर जनकारबाहीको अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले झापाका विभिन्न चोक, बजार र गाउँहरुमा ब्यानर टाँगेर जनकारबाही गर्ने विषय उठाएको हो । भ्रष्टाचारीहरुलाई जनकारबाही गरौं, मिटर ब्याजेहरुलाई जनकारबाही गरौं, लागू औषध दुब्र्यशनिहरुलाई जनकारबाही गरौं, भुमाफियाहरुलाई जनकारबाही गरौ, जस्ता जनकारबाहीको अपिल गरिएको ब्यानर टाँगेको […]

२०७६ मंसिर ८ गते, आईतवार

समाजवादी पार्टीको पदाधिकारीको बैठक बस्दै

काठमाडौं, ७ मंसिर । समाजवादी पार्टीले सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा छलफल गर्न पदाधिकारीको बैठक बोलाएको छ । पछिल्लोपटक सरकारले चालेको कदमबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । बुधबार पार्टीका केन्द्रीय अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अनुपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको हेरफेर गर्नुका साथै सरुवासमेत गरेको थियो । जसमा […]

२०७६ मंसिर ७ गते, शनिबार

मालपोत प्रमुख घुससहित पक्राउ

काठमाडौं, ६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । मण्डल आफ्नै कार्यकक्षबाट सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेका हुन् । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा […]

२०७६ मंसिर ६ गते, शुक्रबार

विस्तृत शान्ति सम्झौताको १३ वर्षः समस्या ज्यू का त्यू

काठमाडौं, ५ मंसिर । तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको छ । सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। यो अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर […]

२०७६ मंसिर ५ गते, बिहीबार

नेकपाद्वारा गैरन्यायिक गिरफ्तारीकाे घोर निन्दा

काठमाडाैँ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्र रुपले हिड्डुल गर्न पाउने अधिकारलाई बञ्चित गर्दै गैरन्यायिक गिरफ्तार गरिएकाे प्रति घोर निन्दा गरेको छ । सो पार्टीका दाङ जिल्ला सदस्य निमबहादुर डागीलाई घरायसी कामकाजमा हिडिरहेकाे बेला विना कारण बबई गाउँपालिका ट्वाङखाेलामा शनिबार साँझ प्रहरीले गिरफ्तार गरेको जनाएको छ । यस बिषयमा सो पार्टीका दाङ सेक्रेटरी रतनले […]

२०७६ मंसिर १ गते, आईतवार