राजनीति

मोदीको पुत्ला जलाइयो

काठमाडौँ , २२ कार्तिक । कञ्चनपुरबासीले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विभिन्न ठाँउमा मोदीको पुत्ला जलाएका छन । उनीहरुले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विभिन्न ठाँउमा मोदीको पुत्ला जलाएका हुन । नेपाल भारत सीमास्तम्भ ७९३/१ बाट जुलुससहित […]

२०७६ कार्तिक २२ गते, शुक्रबार

सत्तारूढ नेकपाको सार्वजनिक जग्गा हडप्ने प्रयास असफल

काठमाडौं , २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी र स्थानीय जनताको संयुक्त पहलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा ३ नं. प्रदेशका सांसद कृष्णप्रसाद खनाल र रनपा चितवनका मेयर नारायण वनद्वारा नपा–१, निकुञ्जमार्गमा रहेको सार्वजनिक जग्गा हडप्ने प्रयासलाई असफल पारिदिएका छन । चितवन रनपा–१, निकुञ्जमार्ग, भक्तिनी बगैँचामा बुढीखोलाको किनारमा रहेको ६ कट्ठा […]

२०७६ कार्तिक २१ गते, बिहीबार

नेमकिपाद्वारा नेपाली भूभाग अतिक्रमणविरूद्ध विरोध र्‍याली

काठमाडौं, २० कात्तिक । नेपाल मजदुर किसान पार्टीले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा आज भक्तपुरमा विरोध र्‍याली निकालेको छ । सो पार्टीले भारतले सार्वजनिक गरेकाे नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि विराेध र्‍याली निकालेको हो । सुर्यबिनायक चोकमा भएको आमसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले […]

२०७६ कार्तिक २० गते, बुधबार

प्रदेश प्रमुखको शपथ सम्पन्न

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । सोमबार बालुवाटारमा बसेको प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको थियो । त्यसपछि सोमबार बसेको […]

२०७६ कार्तिक १९ गते, मंगलवार

नेकपा भक्तपुर पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौं, १८ कात्तिक । नेकपाको भक्तपुर पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा टिकटको बिषयलाई लिएर तालाबन्दी गरिएको हो । भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा टिकटका बिषयलाई लिएर चाँगुका नेता कार्याकर्ताले नेकपाको पार्टी कार्यालयमा बिहान तालाबन्दी गरेका हुन् । हिजो बसेको नेकपाको केन्द्रिय सचिवालय बैठकले भक्तपुर क्षेत्र […]

२०७६ कार्तिक १८ गते, सोमबार

नेकपाको सचिवालय बैठक विना निश्षर्क टुंगियो

काठमाडौं, १६ कात्तिक । नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन बसेको बैठक विनानिश्कर्ष टुंगिएको हो । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । करिब तीन […]

२०७६ कार्तिक १६ गते, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ , १५ कार्तिक । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने छ । बैठकमा समसायिक […]

२०७६ कार्तिक १५ गते, शुक्रबार

कपिलवस्तुमा कर्फ्यू

काठमाडौं, १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा कर्फ्यू लगाएको छ। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि कर्फ्यू लगाएको हो। कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको […]

२०७६ कार्तिक १४ गते, बिहीबार

सुन्तली थोकरलाई तत्काल रिहा गर्न माग

काठमाडौँ , ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले सुन्तली थोकर तामाङलाई तुरुन्त रिहाई नगरे आम तामाङ समुदाय प्रतिरोध संघर्षमा उत्रन बाध्य हुनेछ र यसबाट उत्पन्न कुनैपनि जटिल परिणामको जिम्मेवार स्वंम सरकार हुने चेतावनी दिएको छ । राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय सचिव सुन्तली थोकर तामाङलाई घरमा सुतिरहेको अवस्थामा २०७६ […]

२०७६ कार्तिक ११ गते, सोमबार

नेकपाद्वारा किसानलाई जग्गा फिर्ता नगरे कडा कारवाही !

काठमाडौँ , १० कार्तिक । नेपाल कम्युनष्टि पार्टी कास्कीले पोखरा महानगरपालिका वडा नं. २३ चापाकोटस्थित साढे ३७ रोपनी बिबादित जमिनमा झण्डा गाड्‍दै किसानलाई सो जग्गा फिर्ता नगरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । किसानले उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडले बिना सूचना आफूहरुको जग्गा सहकारीको नाममा पास गरेको […]

२०७६ कार्तिक १० गते, आईतवार