राजनीति

प्रचण्डनिकट नेताहरु खुमलटारमा भेला

काठमाडौँ , ८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताहरु खुमलटारमा भेला भएका छन । प्रचण्डले आफु निकट नेताहरुलाई खुमलटार निवासमा बोलाएर पार्टीले प्रकाशित गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल गरेको बुझिएको छ । हिजो बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । पूर्व माओवादी र एमाले एकिकरणका बेला […]

२०७६ असार ८ गते, आईतवार

उपमेयरकै संलग्नतामा नगरपालिकामा तोडफोड

काठमाडौँ , ८ असार । उपमेयर रेणु झाको नेतृत्वमा गएको टोलीले गएराती महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा राति तोडफोड गरेको बताइएको छ । झाको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो । अन्य दिन […]

२०७६ असार ८ गते, आईतवार

‘छोराको लास हेर्न पनि दिइएन’

काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलका पिता खिलकराज पौडेलले छोराको हत्या भएको ठोकुवा गरेका छन् । ७२ वर्षीय पौडेलले भने- ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका […]

२०७६ असार ७ गते, शनिबार

गैरन्यायिक हत्याको निस्पक्ष छानबिन गर्न माग

काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष ओमप्रकाश पुनले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको घोर आपत्ति जनाएका छन । उनले शाेकाकुल परिवार प्रति गहिरो समवेदना र सहिद कुमार पाैडेलप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सो गैरन्यायिक हत्याको निस्पक्ष […]

२०७६ असार ६ गते, शुक्रबार

‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन’ भन्दै सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्रीको जवाफ

काठमाडौँ , ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद शिवकुमार मण्डल केवटले प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सर्लाहीको लालबन्दीमा विप्लव नेकपाका नेता कुमार पौडेल मारिएको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको जिकिर प्रहरीले गरेको छ […]

२०७६ असार ६ गते, शुक्रबार

गिरफ्तार नेता रिहा नगरे कडा संघर्ष !

काठमाडौँ , ५ असार । नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी प्रयासले बिहीबार बिज्ञप्तिमार्फत जिल्ला सचिवालय सदस्यहरु सन्दिप, दिनेश ओली, श्याम, गणेश घर्ति र देउराम सुनारलाई फासिवादी दलाल सरकारका इमान्दार पुलिसहरुले अपहरणको शैलीमा मध्यरातमा घरघेरा हाली गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् । जिल्ला सेक्रेटरी प्रयासले विज्ञप्तिमा भनेका छन्, ‘केपी बादल नेतृत्वमा रहेको दलाल फासिवादी […]

२०७६ असार ५ गते, बिहीबार

नेकपाका दुई जिल्ला इन्चार्जसहित पाँच जना गिरफ्तार

काठमाडौं , ५ असार । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इन्चार्जसहित पाँच जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । महाशाखाको टोलीले रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जनालाई गिरफ्तार गरेको छ । एक जनालाई काठमाडौं र चार जनालाई […]

२०७६ असार ५ गते, बिहीबार

गुठी विधेयकबिरुद्ध विशाल प्रदर्शन

काठमाडौं, ४ असार । गुठी सम्बन्धी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् । विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले […]

२०७६ असार ४ गते, बुधबार

‘विस्तृत शान्ति सम्झौताको पालना भएन ‘

काठमाडौँ, ३ असार । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले आयोजना गरेको ‘शान्ति र बर्तमान राजनीतिक परिस्थिति’ बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले विस्तृत शान्ति सम्झौताको पालना नभएको उद्घोष गरेका छन । राज्यद्वारा वेपत्ता पारिएका विपिन भण्डारी र दिलबहादुर राईको स्मरणमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सत्तामा पुग्नेहरुले नै शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन नचाहेको ठोकुवा समेत गरेका […]

२०७६ असार ४ गते, बुधबार

चीन फुटाउन काठमाडौँमा गोप्य सम्मेलन !

काठमाडौं, ३ असार । संसद्को सोमबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले चीनको सिन्चुवान प्रान्तलाई फुटाउन काठमाडौँमा गतिविधि हुँदै आएको खुलासा गरेका छन । गुरुङले काठमाडौँको बौद्धमा चीनको सिन्चुवान प्रान्तलाई फुटाउन फ्रि तिब्बत युवा काङ्ग्रेसको सम्मेलन भएको बताए । सिन्चुवान प्रान्तमा रहेका मुस्लिमहरूलाई उचालेर नेपालको भूमि प्रयोग गरी चीनलाई फुटाउने गतिविधि भइरहेको […]

२०७६ असार ३ गते, मंगलवार