राजनीति

कांग्रेस– एमाले गठबन्धनको सरकार असक्षम सावित !

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस– एमाले गठबन्धनको सरकार असक्षम सावित भएको ठोकुवा गरेका छन् । पार्टी केन्द्रिय कमिटिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरु प्रस्तुत गर्दै उनले सो ठोकुवा गरेका हुन् । अध्यक्ष यादवले सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित राखेको ठोकुवा […]

२०८१ फाल्गुन १८ गते, आईतवार

नेप्सेको सीईओका लागि आवेदन दिने म्याद सात दिन थप

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समय लम्बिएको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद ७ दिन थप गरेको हो । समय थप भएसँग अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले १८ […]

२०८१ फाल्गुन १८ गते, आईतवार

भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन !

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन गर्ने चेतावनी दिएका छ्न । शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।अध्यक्ष यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताए । उनले भने -‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् […]

२०८१ फाल्गुन १७ गते, शनिबार

अनेम संघ क्रान्तिकारी मकवानपुरकाे अध्यक्षमा  सानु  सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट   अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरकाे तेस्रो जिल्ला भेलाले  सानु  सीकाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ  ।    जसको    उपाध्यक्षमा  अनिशा सी , सचिवमा  शान्ती सी , सहसचिवमा  विपना सी , कोषाध्यक्षमा  शुक्रमाया सीलगायत रहेका छन  ।    सानू सी काे अध्यक्षतामा सम्पन्न उक्त भेलामा […]

२०८१ फाल्गुन १७ गते, शनिबार

नेमकिपाको आठौं महाधिवेशन सुरु हुँदै

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदैछ । यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् । महाधिवेशनको उदघाटन समारोह दिउँंसो १ बजे सल्लाघारीमा हुनेछ । आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

माओवादी केन्द्रका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेश

काठमाडौँ । कालिकोटमा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेस गरेका छन ।नेकपाले बुधवार रास्कोटमा आयोजना गरेको जनसभामा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरेर १८ जना नेकपामा प्रवेस गरेका हुन ।रास्कोट नगरपालिका वडा नम्वर ८ बाट माओवादी केन्द्र परित्याग गरेर मन्दीरे लुवार, पंख लुवार, गणेस लुवार, […]

२०८१ फाल्गुन १५ गते, बिहीबार

आरसीपी बजारमा सहिदको चिहानमाथि उठेका राता मुठ्ठीहरु

काठमाडौँ । फागुन १४ गते बुधवारको दिन थियो । यो ऐतिहासिक दिन हुदै थियो । हामी रास्कोटको आरसीपी बजारमा थियौ । आरसीपी बजारको नामाकरण पनि सहिदको नामहरुबाट जुराईएर बनाइको बजार थियो । यहाँ क्रान्तिकारी योद्धा विप्लव पुग्नु भएको थियो । उहाँ जनसभालाई सम्वोधन गर्न १३ गते साँझ नै आरसीपी बजार पुग्नु भएको थियो । बजार […]

२०८१ फाल्गुन १५ गते, बिहीबार

नेकपा काभ्रेद्वारा सहिद परिवारलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेले सहिद परिवारलाई सम्मान गरेको छ। सो पार्टीले फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने क्रममा पहिलो दिन सहिद परिवारसंग भेटघाट र उनीहरुलाई सम्मान कार्यक्रम गरेको हो ।नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहिद च्याङ्ग्वा लामाको छोरीहरु रामसली लामा एबम मसली लामा, सहिद […]

२०८१ फाल्गुन १५ गते, बिहीबार

सहिद सप्ताह सुरु

काठमाडौं । आजदेखि सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित झापा सुखानी आन्दाेलनका सहिदहरुको सम्झनामा हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएको छ । जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या […]

२०८१ फाल्गुन १४ गते, बुधबार

आज सेना दिवस

काठमाडौँ । नेपाली सेनाले आज २६२औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, […]

२०८१ फाल्गुन १४ गते, बुधबार