राजनीति

राजपाको जन्म

काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित पाँच पार्टीबीच एकता भएको छ । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकिकरण भएको हो । एकिकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । […]

२०७४ बैशाख ७ गते, बिहीबार

भारतले अतिक्रमण गरेको ५० हेक्टरभन्दा बढी जग्गा फिर्ता

काठमाडौं, ७ वैशाख । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको […]

२०७४ बैशाख ७ गते, बिहीबार

युवा सार्क सम्मेलन बैशाख ११ देखि

काठमाडौं, ६ बैशाख । सार्क सम्मेलन समय–समयमा हुन नसकिरहेको अवस्थामा ‘युथ पार्लियामेन्ट नेपाल’ले काठमाडौंमा यहि बैशाख ११ र १२ गते युवा सार्क सम्मेलन आयोजना गर्ने भएको छ । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवाको सहभागिता रहनेछ भने नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको […]

२०७४ बैशाख ६ गते, बुधबार

बालुवाटारमा एमालेलगायतका दलहरूको बैठक

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमालेलगायतका दलहरूलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएका छन् । मधेशी मोर्चाले संविधान संशोधनको दोश्रो प्रस्तावमासमेत असहमति राखेर आन्दोलनको घोषणा गरेपछि चुनाव र मोर्चाका मागहरूका बारेमा सहमति खोज्ने प्रयासस्वरूप प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । आज बिहान देखि सुरु भएको बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, […]

२०७४ बैशाख ६ गते, बुधबार

शुक्रबारको सार्वजनिक विदा फिर्ता

काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबाट फर्कने दिन दिने भनिएको सार्वजनिक बिदा फिर्ता भएको छ । सरकारको चर्को आलोचना भएपछि सो दिनको सार्वजनिक बिदा फिर्ता भएको हो । गृहमन्त्रालयले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको विदा फिर्ता लिने निर्णय गरेको हो । आजको विदा यथावत रहे पनि शुक्रबारको विदा […]

२०७४ बैशाख ४ गते, सोमबार

राष्ट्रपति भण्डारीे भारत प्रस्थान

काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीे पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलगायतले बिदाई गरे । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । यस्तै उनले उडिसा र गुजरातको भ्रमण पनि गर्नेछिन् । राष्ट्रप्रमुखको रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा राष्ट्रपति […]

२०७४ बैशाख ४ गते, सोमबार

मैना सुनुवारलाई हत्यारालाई जन्मकैद

काठमाडौं, ४ वैशाख । तत्कालिन शाही सेनाका महासेनानी र सहसेनानी अमित पुन र सुनिल अधिकारीलाई माओवादीको अारोपमा मैना सुनुवारलाई बलात्कारपछि हत्यामा संलग्न भएको ठहर गर्दै जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसा पौड्यालको इजालासले सो फैसला गरेको हो । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका कार्यरत महासेनानी सहसेनानीद्वयलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ […]

२०७४ बैशाख ४ गते, सोमबार

डा. बाबुराम भट्टराई अनशनमा

काठमाडौं,२ वैशाख । नयाँ शक्ति नेपालको संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा बसेका छन । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर निर्वाचन आयोगले अन्याय गरेको भन्दै उनिहरु अनशनमा बसेका हुन् । दलीय चुनाव चिह्नको माग गर्दै नयाँ शक्तिसहितका दलले रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन शुरु गरेको अवसरमा बोल्दै नेता भट्टराईले […]

२०७४ बैशाख २ गते, शनिबार

एमालेमा आन्तरिक विवाद चर्कदै

काठमाडौं,२ वैशाख । अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ । एमाले काठमाडौँमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्य समिति गठन गरेर […]

२०७४ बैशाख २ गते, शनिबार

निर्वाचनका लागि दलीय तयारी फितलो

काठमाडौं,२ वैशाख । स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन् । दलहरु उम्मेदवार छनोट मै केन्द्रीत छन् । जिल्लादेखि केन्द्रीय निर्वाचन आयोग कार्यालय समेत निर्वाचनको चटारोमा […]

२०७४ बैशाख २ गते, शनिबार