एमाओवादी स्थायी समितिको बैठक बस्दै
काठमाडौ, १६ बैशाख । आज एमाओवादी स्थायी समितिको बैठक बस्दैछ । बैठकमा आगामी बर्षको बजेट र नीति तथा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट सरकारलाई सुझाव दिन एमाओवादीले छलफल गर्न लागेको हो । बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बस्ने स्थायी समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल हुनेछ । […]
२०७३ बैशाख १६ गते, बिहीबार