राजनीति

गढीमाईमा पशुबलि, मासु व्यवस्थापनमा विवाद

काठमाडौँ । बाराको गढीमाई मन्दिरमा आजदेखि बोका, सुंगुर, पाठीलगायतकाको बलि सुरु भएको छ । भाकल गरेकाहरुले आजदेखि मेला सम्पन्न नभएसम्म पशुबलि दिन्छन् ।बलि दिइने यस्ता साना जनावर भने कालो नै दिइन्छ । पहिलो दिन शुक्रबार राँगा बलि दिइएको थियो । शुक्रबार झन्डै ६ हजार राँगाबलि चढाइएको गढीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अघिल्लोपटकको तुलनामा […]

२०७१ मंसिर १३ गते, शनिबार

छत्तीसबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सार्क शिखर सम्मेलन सम्पन्न

काठमाडौँ । शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता नाराका साथ यहाँ आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलन छत्तीसबुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ ।यस क्षेत्रका साझा समस्याको पहिचान गरी ती समस्याको समाधानका लागि गहन एकताका साथ अघि बढ्ने तथा सार्कलाई यस क्षेत्रका नागरिकको एक सहयोगी एवम् प्रभावकारी सङ्गठनका […]

२०७१ मंसिर १२ गते, शुक्रबार

सार्कका प्रमुखहरु धुलिखेलमा

काठमाडौं। सार्क शिखर सम्मेलनमा सहभागी सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु आज बिहान रिट्रिटका लागि धुलिखेल जाँदैछन्। विशिष्‍ट पाहुनाहरुको सवारीको लागि सोल्‍टी होटेलदेखि त्रिभुवन अन्‍तराष्‍ट्रिय विमानस्थलसम्‍म सुरक्षा व्‍यवस्था अत्‍यन्तै कडा पारिएको छ। विमानस्थलबाट सेनाको हेलिकोप्‍टरमा राष्ट्र तथा सरकार प्रमुखहरुलाई धुलिखेल पुर्‍याइँदै छ। पहिलो हेलिकोप्टरमा सुशील कोइराला र संचारमन्त्री मिनेन्द्र रिजालसहितको टोली बिहान ८ .५० स्वागतका […]

२०७१ मंसिर ११ गते, बिहीबार

१८औं सार्क शिखर सम्मेलन आज सुरु हुँदै

काठमाडौ, १० मंसिर । तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन तेस्रोपटक आज काठमाडौंमा हुँदैछ। नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। तेस्रो शिखर सम्मेलन प्रज्ञाप्रतिष्ठान कमलादी र ११ औं शिखर सम्मेलन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा भएको थियो। यसपटक […]

२०७१ मंसिर १० गते, बुधबार

सार्कका प्रमुखहरु नेपाल आउदै

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौ शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु आज काठमाडौं आउँदै छन् । शान्ति र समृद्धिका लागि गहन सम्मेलन भन्ने सन्देशका साथ यही मङ्सिर १० र ११ गते हुने शिखर सम्मेलनमा सहभागी हुन अफगानिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका राष्ट्राध्यक्ष र सरकार […]

२०७१ मंसिर ९ गते, मंगलवार

सार्कका परराष्ट्रमन्त्री आइपुग्दै

काठमाडौ, ८ मंसिर ।आगामी बुधबार र बिहीबार हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज काठमाण्डुमा आउँदै छन् । १८ औँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा सहभागी हुन सार्कका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । […]

२०७१ मंसिर ८ गते, सोमबार

माओवादीको विस्तारित बैठक बस्दै

काठमाडौँ , ७ मंसिर– नेकपा–माओवादीको विस्तारित केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज मध्याह्न १२ बजे बुद्धनगरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक सदस्य तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य सहभागी हुनेछन् । बैठक हिजैका लागि बोलाइ पनि चन्द पक्षले बहिस्कार गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । संस्थापन पक्ष आफूहरुसँग स्पष्टीकरण सोध्ने नर्णय फिर्ता […]

२०७१ मंसिर ७ गते, आईतवार

सार्क सम्मेलनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, ५ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा हुनाका साथै सम्मेलनका प्रक्रियागत बैठक शनिबारदेखि यहाँ हुँदैछ । भौतिक पूर्वाधार निर्माण तथा सारभूत विषयसहित सम्पूर्ण तयारी पनि पूरा भएको छ । भौतिक पूर्वाधारका छिटपुट काम आजै सम्पन्न हुने जानकारी सम्बन्धित निकायका पदाधिकारीले सरकारलाई गराइसकेका छन् । […]

२०७१ मंसिर ६ गते, शनिबार

शान्ति सम्झौताको आठ वर्ष पूरा

काठमाडौ। सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज आठ वर्ष पूरा भएको छ । शान्ति सम्झौताको आठ वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । […]

२०७१ मंसिर ५ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस

काठमाडौ, ४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।दिवसका अवसरमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्षको २० नोभेम्बरमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि कार्यान्वयनमा आएको २५ […]

२०७१ मंसिर ४ गते, बिहीबार