समाज

असला माछा मार्न प्रतिबन्ध

काठमाडौं, २१ फागुन । खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको १० नम्बर वडा पाथेका र ११ नम्बर वडा खार्मीका स्थानीयवासीले स्थानीय खोलाहरुमा पाइने माछा मार्न प्रतिबन्ध लगाएका हुन् । करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि स्थानीयले मार्न रोक लगाइएको वडाध्यक्ष रामचन्द्र राईले बताए । असला माछा संरक्षणका लागि स्थानीय […]

२०७४ फाल्गुन २१ गते, सोमबार

सामाजिक सञ्जालमार्फत ठग्ने नाइजेरियन पक्राउ

काठमाडौं , २० फागुन । सीअार्इबीले फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत पार्सल पठाएको छु भनेर प्रलोभन देखाउँदै ठगी गर्ने नाइजेरियन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाइजेरियन नागरिक ३० वर्षीय मार्सेलस चिजोङजी छन् । उनले विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर हिराको हार, आईफोन लगायत पठाएको भन्दै ठगी गर्ने गरेका थिए । उक्त पार्सल […]

२०७४ फाल्गुन २० गते, आईतवार

भीरमौरीको मह निकाल्न महाभारत

काठमाडौं, २० फागुन । यतिबेला रुकुम पूर्वका स्थानीयबासी भीरमौरीको मह निकाल्न व्यस्त भएका छन् । डरलाग्दो देखिने भीरबाट स्थानीयले जोखिम मोलेर भीरमौरीको मह निकाल्ने गर्दछन् । सिस्ने गाउँपालिकाका प्वाङ, जाङ र सिस्नेका स्थानीयले हरेक वर्ष पुसदेखि वैशाखसम्म भीरमा पुगेर भीरमौरीको मह निकाल्ने गर्दछन् । उर्लिरहेको सानीभेरी नदीमाथिको कालापहाडको बीचमा पाइने भीरमौरीको मह निकालेर उनीहरुले बिक्री […]

२०७४ फाल्गुन २० गते, आईतवार

जनकपुरमा आज होली मनाईंदै

काठमाडौं, १९ फागुन । जनकपुरमा आज होली महोत्सव धुमधामका साथ मनाइँदै छ । मध्यमा परिक्रमा सम्पन्न भएको भोलीपल्ट होली मनाउने परम्परा रहेकाले आज जनकपुरमा होली मनाइएको हो । जनकपुरका विभिन्न चोकमा मटका भोर कार्यक्रमको समेत आयोजना गरिएको छ । होलीलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

२०७४ फाल्गुन १९ गते, शनिबार

आज तराईमा होली मनाईदैं

काठमाडौं, १८ फागुन । तराईमा आज धूमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले विभिन्न […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार

आज फागू पूर्णिमा

काठमाडौं, १७ फागुन । आज फागू पूर्णिमा अर्थात् होली पर्व , काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि […]

२०७४ फाल्गुन १७ गते, बिहीबार

दाहाल-ओलीलाई जनसत्ताले वारेन्ट जारी गर्ने

काठमाडौं , १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली जनताको परिवर्तनको बाटोलाई रोक्न खोज्ने सामाजिक फासीवादी र दलाललाई पूर्जी काट्ने चेतावनी दिएको छ । सरकारले नेकपाका महासचिव ‘विप्लव’लाई झुठा अभियोग लगाएर पक्राउ गर्न देशभर सुरक्षा निकायलाई सर्कुलर जारी गरेको समाचार बाहिर आएकै दिन नेकपाका पोलिटब्यूरो सदस्य रहेका नेता ओमप्रकाश पुनले सो चेतावनी दिएको हो […]

२०७४ फाल्गुन १६ गते, बुधबार

हजयात्रीलाई विशेष खोप लगाइने

काठमाडौं, १६ फागुन । सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो । ‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको […]

२०७४ फाल्गुन १६ गते, बुधबार

ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

काठमाडौं, १५ फागुन । प्रदेश प्रहरी कार्यालय दिपायल मातहत क्षेत्रीय अनुसन्धान समूह (आइटी)बाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगरसहित दुईजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित शिवपुरीधाम परिसरबाट ३५ ग्राम लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)सहित उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको लखिमपुर खिरी बस्ने ३० वर्षीय सागर चौधरी […]

२०७४ फाल्गुन १५ गते, मंगलवार

मध्यराति अर्काको घरमा प्रवेश गर्दा …

काठमाडौं, १५ फागुन । रौतहटको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका […]

२०७४ फाल्गुन १५ गते, मंगलवार