समाज

एम्बुलेन्सले ज्यान लियो

काठमाडौं, १४ फागुन । गएराति सिराहाको धनगढीमाई–८ कुसहामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स१झ ४७१ नम्बरको एम्बुलेन्सले अनटेष्ट लेखिएको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका धनगढीमाई ८ कै २३ वर्षीय दिपेन्द्र महतोको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा गएराति सवा १० बजे मृत्यु भएको […]

२०७४ फाल्गुन १४ गते, सोमबार

इच्छा विपरीत लोला हाने कारबाही

काठमाडौं, १३ फागुन । प्रहरीले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न अाग्रह गर्दै यदी त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो । होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले […]

२०७४ फाल्गुन १३ गते, आईतवार

अवैध उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा

काठमाडौं, १२ फागुन । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको […]

२०७४ फाल्गुन १२ गते, शनिबार

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरी फन्दामा

काठमाडौं, ११ फागुन । महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भइ गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेन्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाका विभिन्न स्थानबाट बुधबार पक्राउ […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश

काठमाडौं. १० फागुन । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सो अन्तरिम आदेश दिएको हो । अदालतले नेपाली नम्बर राख्न नसकिने केही कारण छ ७ दिन लिखित […]

२०७४ फाल्गुन १० गते, बिहीबार

जंगली हात्तीलाई आम्दानीको स्रोत बनाइने !

काठमाडौँ, १० फागुन । झापाको दक्षिण क्षेत्रका बासिन्दाले जंगली हात्तीलाई नै आम्दानीको स्रोत बनाउने अभियान थालेका छन् । जंगली हात्तीले बालीनाली नष्ट गरेर घरसमेत भत्काउन थालेपछि स्थानीयले तिनै हात्तीलाई आम्दानीको स्रोत बनाउने योजना बनाएका हुन् । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको जलथल जंगलको वरिपरि रिङरोड बनाउने र हात्तीलाई छेक्न रिङरोडमा […]

२०७४ फाल्गुन १० गते, बिहीबार

नक्कली कागजात बनाएर डेढ करोड ठगी

काठमाडौं, १० फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुछ्रे बैंक पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोबिधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले […]

२०७४ फाल्गुन १० गते, बिहीबार

दशगजा डम्पिङ साइट बन्दै

काठमाडौं, ९ फागुन । नेपाल–भारतको सीमा नाका कपिलवस्तुको कृष्णनगरस्थित दशगजा क्षेत्र डम्पिङ साइटको रुपमा परिणत हुन थालेको छ । कृष्णनगर र बढनी बजारको सीमा क्षेत्र दुवै देशका नागरिकको फोहोर फाल्ने थलो बनेको छ । खुला सिमानाका कारण दुवै देशका नागरिकले यो स्थानमा फाहोर फाल्ने गरिरहे पनि सम्बन्धित निकायले चासो दिएका छैनन् । यसले गर्दा दुवै […]

२०७४ फाल्गुन ९ गते, बुधबार

काठमाडौंमा ३.६ म्याग्निच्युटको भूकम्प

काठमाडौं, ९ फागुन । गएराति काठमाडौंलाई केन्द्र विन्दू बनाएर ३ दशमलव ६ म्याग्निच्युटको भूकम्पको परकम्पन गएको छ । गएराति २ बजेर २३ मिनेट जाँदा सो परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो ।

२०७४ फाल्गुन ९ गते, बुधबार

गुण्डानाइके मनोज पुन मारिए

काठमाडौं, ९ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीका अनुसार गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरीसँगको मुठेभटमा मारिएका छन । आज बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल […]

२०७४ फाल्गुन ९ गते, बुधबार