समाज

नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा

काठमाडौं, २१ असोज । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र […]

२०७४ आश्विन २१ गते, शनिबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं, १९ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन आज घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको […]

२०७४ आश्विन १९ गते, बिहीबार

काठमाडौंमा ३ . ७ रेक्टरको भूकम्प

काठमाडौं, असोज १८ । काठमाडौंमा आज बिहान बिहान २ बजेर ४ मिनेट जाँदा भूकम्प गएको छ । काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । पराकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशूस गरिएको थियो । यो परकम्प २०७२ साल […]

२०७४ आश्विन १८ गते, बुधबार

काठमाडौंमा गाडीको चाप बढ्दै

काठमाडौ, १७ असोज । गएको २४ घन्टामा ९ हजार १ सय ८ वटा गाडीमा विभिन्न नाकाबाट ६७ हजार ७ सय २५ यात्रु काठमाडौं भित्रिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दसैं मनाउन काठमाडौं बाहिर गएका यात्रु फर्किएसँगै पसलहरु खुल्न थालेका छन् भने काठमाडौंमा गाडीको चाप पनि बढ्दै गएको छ । हिजोदेखि नै मुख्य मुख्य […]

२०७४ आश्विन १७ गते, मंगलवार

सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ, १५ असोज । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले […]

२०७४ आश्विन १५ गते, आईतवार

आज महानवमी

काठमाडौँ, १३ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]

२०७४ आश्विन १३ गते, शुक्रबार

आज महाअस्टमी

काठमाडौँ, १२ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका […]

२०७४ आश्विन १२ गते, बिहीबार

वडा सदस्य नै कुटपीटमा संलग्न

काठमाडौं, ११ असोज । रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा सदस्य दिपेन्द्रप्रसाद पटेल कुटपीटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पटेलसहितको समूहको आक्रमणबाट विद्यानन्द पटेल रामबहादुर पटेल, रूपनारायण पटेल, सुभाष पटेल, राजु पटेल र बिपत्तिदेवी पटेल घाईते भएका छन् । आक्रमणबाट घाईते भएका विद्यानन्द पटेलको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप […]

२०७४ आश्विन ११ गते, बुधबार

आज फूलपाती

काठमाडौँ, ११ असोज । बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा […]

२०७४ आश्विन ११ गते, बुधबार

सात लाख भूकम्पपीडितको दशैं टहरामा

काठमाडौं, ६ असोज । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् । […]

२०७४ आश्विन ६ गते, शुक्रबार