समाज

अन्डाको मूल्य घट्यो

काठमाडौं, ४ असोज । चाडपर्वसँगै काठमाडौंबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अन्डाको मूल्यमा कमी आएको छ । नेपाल अन्डा उत्पादक संघले दिएको जानकारीअनुसार एक क्रेट (३० ओटा) ठूलो अन्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ । मध्यम आकारको अन्डाको खरिद मूल्य प्रतिक्रेट रु २७० कायम गरिएको संघका अध्यक्ष शिवराम केसीले जानकारी […]

२०७४ आश्विन ४ गते, बुधबार

दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

काठमाडौं, ३ असोज । नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने […]

२०७४ आश्विन ३ गते, मंगलवार

चुडामणिको घरमा बम बिस्फोट !

काठमाडौ, २ असोज । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्माको घरमा विस्फोट भएको छ । महाभ्रष्टाचारीको उपमा पाएका शर्माको बूढानीलकण्ठमा रहेको बंगलामा सोमबार विहानै अज्ञात समूहले सिलिण्डर बम विस्फोटको प्रयास भएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको जनाइएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही […]

२०७४ आश्विन २ गते, सोमबार

आज विश्वकर्मा पूजा

काठमाडौं, १ असोज । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा पूजाको दिन । प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ । समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । नयाँ सवारी साधन किन्नेले […]

२०७४ आश्विन १ गते, आईतवार

मुलुकभरको तापक्रममा एक्कासि वृद्धि

काठमाडौं, ३१ भदौ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ । आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ । खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ […]

२०७४ भाद्र ३१ गते, शनिबार

भुटानी शरणार्थीको माग अन्तर्राष्ट्रियकरण गर्न आग्रह

काठमाण्डौ , ३१ भदौ । भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥याएका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका […]

२०७४ भाद्र ३१ गते, शनिबार

८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

काठमाण्डौ , ३० भदौ । तेह्रथुम जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । रु ८० विद्युत् महसुल बुझाउन उपभोक्ताको रु दुई हजार खर्च हुने गरेको उनीहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन […]

२०७४ भाद्र ३० गते, शुक्रबार

ऋषि—लिलास्मृति पत्रकारिता पुरस्कार चट्याङ मास्टरलाई

काठमाडौ, २८ भदौ । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणमा सहयोग पु¥याएबापत प्रदान गरिएको सो पुरस्कारको राशि रु २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । पोखरा वृद्धाश्रममा मंगलबार आयोजित एक समारोहका बीच […]

२०७४ भाद्र २८ गते, बुधबार

मानव तस्करले अफ्रिका पुर्‍याएका नेपाली अलपत्र

काठमाडौं, २७ भदौ । मानव तस्करले युरोप र अमेसरकामात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ । दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ । दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा त्यहाँस्थित दूतावास र अपराध महाशाखाको वैदेशिक रोजगार ठगी शाखाको पहलमा स्वदेश फर्किएपछि श्रीस समातिएका […]

२०७४ भाद्र २७ गते, मंगलवार

दशैंका लागि फर्किंदै गरेका लुटिए

काठमाडौं , २६ भदौ । दशैंका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना सोमबार बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन् । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका हुन् । जिल्ला प्रहरी कार्यालय […]

२०७४ भाद्र २६ गते, सोमबार