समाज

एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

काठमाडौ, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष […]

२०७४ श्रावण १७ गते, मंगलवार

हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैद

काठमाडौँ, १६ साउन । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए […]

२०७४ श्रावण १६ गते, सोमबार

छोरी जन्मेपछि घर निकाला

काठमाडौं, १५ साउन । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् । ‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे’, खातुनले दुखेसो पोखिन । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन । ‘बच्चा जन्मनुअघिदेखि नै […]

२०७४ श्रावण १५ गते, आईतवार

सम्बन्धविच्छेदको कारक वैदेशिक रोजगारी

काठमाडौं, १४ साउन । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३/७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा ११८ को फर्स्योट भएको र १२ […]

२०७४ श्रावण १४ गते, शनिबार

लठ्याउने औषधी खुवाएर चोरी !

काठमाडौ, १३ साउन । इलाका प्रहरी कार्यालय ईटहरीले चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई पक्राउ गरेको छ । दुई दिनदेखि ईटहरी उपमहानगरपालिका–८ बस्ने २३ बर्षीया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तानको इस्लामावाद बस्ने २५ बर्षीया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । १५ दिनका लागि नेपाल घुम्न आएकी खालिदले […]

२०७४ श्रावण १३ गते, शुक्रबार

आज नागपञ्चमी र रक्षा बन्धन

काठमाडौँ, १३ साउन । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा डा रामचन्द्र गौतमले […]

२०७४ श्रावण १३ गते, शुक्रबार

काल सर्प योगमा विश्वास नगर्न आग्रह

काठमाडौँ, १२ साउन । राजधानीमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्ने कार्य भइरहेको भन्दै त्यसबाट सतर्क रहन आग्रह गरेका छन् । हरेक वर्ष नागपञ्चमीको दिन पारेर केही ज्योतिषीले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्दै आएको भन्दै उहाँहरुले ग्रन्थमा काल सर्पबारे कुनै कुरा उल्लेख नभएकाले त्यसमा विश्वास नगर्न आग्रह गर्नुभयो । काल […]

२०७४ श्रावण १२ गते, बिहीबार

पितृहरुको स्मृतिमा शङ्ख स्तम्भ निर्माण

काठमाडौं, ११ साउन । झापाको मेचीनगर–१० धुलाबारीमा २७ फिट अग्लो शङ्ख स्तम्भ निर्माण गरिएको छ । नन्दा नदी किनारमा रु १३ लाखको लागतमा रामघाट सेवा समितिले पितृहरुको स्मृतिमा सो स्तम्भ निर्माण गरेको हो । जमिनको सतहबाट २७ फिट अग्लो स्तम्भको टुप्पामा आठ फिट लम्बाइ र चार फिट उचाइ भएको सेतो शङ्ख राखिएको छ । यस्तो […]

२०७४ श्रावण ११ गते, बुधबार

अदालत र घरधनीका कारण सडक मर्मतमा अवरोध

काठमाडौ , १० साउन । काठमाडौं उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम सकिएपछि हाल रोकिएका सडक विस्तार तीव्र हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डाखुल्डी पुर्न र सडक विस्तार अघि बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपत्यकाका निर्माणाधीन सडकको नियमित अनुगमन थालेको छ। अदालतको ‘स्टे अर्डर’ र स्थानीयको अवरोधका कारण महिनौंदेखि उपत्यकाका […]

२०७४ श्रावण १० गते, मंगलवार

गुंला पर्व सुरु

काठमाडौं, ९ साउन । आजबाट गुंला पर्व सुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, […]

२०७४ श्रावण ९ गते, सोमबार