यातायात आयोग गठन गर्न माग
काठमाडौं,९ साउन । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाउँदै यातायात आयोग गठन गर्न माग गरेको छ । बिहान प्रधानमन्त्रीलाई भेटेर संविधानमा यातायात मैत्री व्यवस्था समेट्न ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासंघले संघीयता भएपछि एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा सवारी कर नलाग्ने व्यवस्था मिलाउन माग गरेको छ । […]
२०७२ श्रावण ९ गते, शनिबार