समाज

माओवादीकार्यकर्ता माथि प्रहरी धरपक्कड

काठमाडौं, २८ कात्तिक । प्रहरीले गएराति नेकपा–माओवादी सिराहका छजना जिल्ला नेता तथा कार्यकर्ताको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको विशेष टोलीले छापा मारेको हो ।माओवादीका जिल्ला सेक्रेटरी लालपुर–८ का रामनारायण सिंह, जिल्ला सह–इन्चार्ज जमदह– ९ का दीपेश लामा, लालपुर–४ का शम्भु साह र वैद्यनिकट पत्रकार लहान–८ का राजेश रामको घरमा प्रहरीले […]

२०७० कार्तिक २८ गते, बिहीबार

आज हरिवोधनी एकादशी

काठमाडौं, २७ कात्तिक । हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी मनाउँदै छन् ।आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेषरुपलेपूजागरी विवाह गरिदिने चलन पनि छ । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक […]

२०७० कार्तिक २७ गते, बुधबार

एउटै व्यक्तिको दुइवटा मतदाता परिचय पत्र

काठमाडौँ । यही मसिर ४ गते हुने भनिएको संविधानसभा सदस्य निर्वाचनका लागि संकलित फोटोसहितको मतदाता नामावलीमा निर्वाचन आयोगले गम्भीर त्रुटि गरेको भेटिएको छ । राष्ट्रिय परिचयपत्रका लागि समेत भन्दै निर्वाचन आयोगले लमजुङमा संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा त्रुटि भेटिएको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङले फोटोसहितको नामावली संकलन गरेर निर्वाचन आयोगमा पठाएकोमा निर्वाचन आयोगले एउटै […]

२०७० कार्तिक २३ गते, शनिबार

छठ मनाइँदै, आज सार्वजनिक विदा

काठमाडौं, २२ कात्तिक । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व आज श्रद्धापूर्वक मनाइँदैछ । मिथिलाञ्चलको महापर्व छठ काठमाण्डु उपत्यकालगायत तराई क्षेत्रमा विशेषरुपमा मनाइँदै छ । छठ पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।अस्ताउँदो सूर्यलाई जलाशयमा नुहाइ धुवाई गरी विधिपूर्वक आज पहिलो अर्घ दिइ छठ पर्व मनाउन सुरु गरिन्छ […]

२०७० कार्तिक २२ गते, शुक्रबार

छठ पर्व सुरु

काठमाडौं, २० कात्तिक । मिथिलाञ्चलको महान् पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चारदिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।छठ पर्वको पहिलो दिन आज व्रतालु (उपासक) हरुले ( नहा खा) नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् । […]

२०७० कार्तिक २० गते, बुधबार

आज भाइटीका, उत्तम साइत ११ बजेर २७ मिनेटमा

काठमाडौ , १८ कात्तिक। भाइटीका लगाउन आज बिहान ११ बजेर २७ मिनेट जाँदाको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यद्यपी भाइटीकाको दिन मंगलबार दिनभरि नै राम्रो साइत भएकाले आफू अनुकुल लगाउँदा राम्रो हुने समितिले जनाएको छ । भाइटीकामा दिदी बहिनीले दाजु-भाईलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा […]

२०७० कार्तिक १९ गते, मंगलवार

गोरु , गोवर्धन र म्हःपूजा गरिँदै

काठमाण्डौं , १८ कात्तिक। आज महान चाड तिहारको चौथो दिन नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।आज आ-आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन […]

२०७० कार्तिक १८ गते, सोमबार

आज लक्ष्मी पूजा

काठमाडौँ ,१७ कार्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मी पूजा गरिदै छ । आज विहान गाईको र सांझ धनधान्यकी देवी लक्ष्मीको पूजा गरी सुख र सम्बृद्धिको कामना गरिन्छ । बत्ति नबालिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताको आधारमा आाराधना गरी भक्तिपुर्वक लक्ष्मीको पूजा गरिन्छ ।देउसी-भैलो लक्ष्मीपूजादेखि भाइटीकासम्म खेलिन्छ । निर्वाचन सुरक्षालाई मजबुत बनाउन […]

२०७० कार्तिक १७ गते, आईतवार

समिलंगी पुरुष सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौं, कात्तिक १६ – नील हिरा समाजको आयोजनामा दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिता हुँदैछ ।आज दिउँसो ३ बजे राष्ट्रिय नाचघर जमलमा हुने समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा देशभरका १८ जनाले प्रतिपष्र्धा गर्दैछन् ।तेश्रोलिंगीको सौन्दर्य प्रतियोगिता पिंक प्याजेन्ट हुँदै आएपनि समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिता यसअघि भएको थिएन । समलिंगी पुरुषलाई समाजमा खुल्ने वातावरण […]

२०७० कार्तिक १६ गते, शनिबार

आज कुकुर तिहार

काठमाडौं ,१६ कात्तिक । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका त था माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गर्ने गरिन्छ ।आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

२०७० कार्तिक १६ गते, शनिबार