समाज

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

काठमाडौँ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।नेपालको […]

२०८१ जेष्ठ २६ गते, शनिबार

‘मुआब्जा दिएर मात्र प्रसारणलाइन बनाउ ‘

काठमाडौँ । सर्वोच्च अदालतले तारमुनि पर्ने र त्यसले असर गर्न सक्ने क्षेत्र यकिन गरी जग्गाको मुआब्जा दिएर मात्र प्रसारणलाइन बनाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अरुण–३ जलविद्युत आयोजनाको ४०० केभी प्रसारणलाइन बनाउँदा तारमुनिको जग्गाको पनि अनिवार्यरूपमा जग्गाधनीलाई मुआब्जा दिन परमादेश जारी गरेको हो।सर्वोच्चले घर, जग्गा आदि सम्पत्तिको […]

२०८१ जेष्ठ २६ गते, शनिबार

नेकपा नवलपुरद्वारा छिपछिपे सहकारी ठगीको विरुद्ध भण्डाफोर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवलपुरले ठगी गर्ने एक सहकारीको भण्डाफोर गरेको छ । जिल्लाको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको कार्यलयमा भण्डाफोर गर्दै सहकारीले जनतालाई गरेको ज्यादती र ठगीको विरुद्धमा सङ्घर्ष गरेको हो ।गोपी शर्मा अध्यक्ष र योगेन्द्र पाण्डे व्यवस्थापक रहेको उक्त सहकारीले १६ करोड ठगी गरेको तथ्य बाहिरिएको थियो । २४०० सेयर सदस्य […]

२०८१ जेष्ठ २६ गते, शनिबार

सर्वेक्षक गुप्ता ३५ हजार घुससहित पक्राउ

काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ । उनलाई […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

११ जनाको नक्कली नागरिकता रद्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ। कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ।तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको सीआईबी स्रोतले जानकारी दिए । बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।

२०८१ जेष्ठ २५ गते, शुक्रबार

काठमाडौँका रुख, पोल, मठमन्दिर र पार्कबाट रङ्गीचङ्गी बत्ती हटाउन सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदलले काठमाडौँका सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन सुझाव दिएको छ । गत वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

ज्वालाखबरले भ्रमपूर्ण समाचार हटायो

काठमाडौँ । नेपालगन्जबाट सञ्चालन गरिएको ज्वालाखबर नामक स्थानीय अनलाइनले भ्रमपुर्ण समाचार हटाएको छ । केही दिन अगाडि सो अनलाइनलेजनपत्राकर संगठनले गरेको निर्णय विरुद्ध भ्रमपुर्ण र बदनियतपुर्ण कपोकल्पित समाचार प्रकाशन गरी जनपत्रकार संगठन र क्रान्तिकारी पार्टी तथा नेतृत्वको बदनाम गरेको थियोे ।उक्त अनलाइनले अनलाइन साइटबाट समाचार हटाउनुको साथै सोही अनलाइनका सम्पादक बसन्त विश्वकर्माले आफू उक्त अनलाइनमा […]

२०८१ जेष्ठ २४ गते, बिहीबार

सी जातीको कानुनी मान्यताका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण

काठमाडौँ । युवा संगठन नेपाल लुम्बिनी प्रदेशले सी जातिको कानुनी मान्यताको लागि संकलन गरेको हस्ताक्षरसँगै संगठनको ज्ञापनपत्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाएको छ । संगठनले सी जातिको कानुनी मान्यता पाउनुपर्ने भन्दै जिल्लाभर संकलन गरेको हस्ताक्षरलाई बुधबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मानव […]

२०८१ जेष्ठ २४ गते, बिहीबार

वटसावित्री पर्व मनाइँदै

काठमाडौँ । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका […]

२०८१ जेष्ठ २४ गते, बिहीबार