समाज

मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाडाैँ । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उनिहरुको निधन भएको थियो । यसैबीच, मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार […]

२०७९ जेष्ठ ३ गते, मंगलवार

उभौली पर्व मनाइँदै

काठमाडाैं । आज वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व । आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो […]

२०७९ जेष्ठ २ गते, सोमबार

बुद्ध जयन्ती मनाइँदै

काठमाडाैं । आज वैशाख शुक्ल पूर्णिमा अर्थ्हत बुद्धजयन्ती पर्व । आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन […]

२०७९ जेष्ठ २ गते, सोमबार

भारतीय मोटरसाइकलको ठक्करबाट युवतीको मृत्यु

काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई ठक्कर दिँदा औरही गाउँपालिका-१ बस्ने ३० वर्षीया तेतरी देवी दासको मृत्यु भएको हो । गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो । मोटरसाइकल […]

२०७९ जेष्ठ १ गते, आईतवार

राष्ट्रिय उद्योग बाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल राष्ट्रिय उद्योग बाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतलाई मातृशोक परको छ । बस्नेतको ८७बर्षिय ममतामयी आमा शिवकुमारी बस्नेतको २०७९ बैशाख २७गते बिहान ९ बजे असमायिक निधन भएको जनाइएको छ । यसैबीच , अखिल राष्ट्रिय उद्योग बाणिज्य महासंघका महासचिव योगेश बुढाथोकीले अध्यक्ष श्रीकृष्ण बस्नेत बस्नेतको ममतामयी आमा शिवकुमारी बस्नेतको निधन भएपछि […]

२०७९ बैशाख २९ गते, बिहीबार

निर्वाचनमा दुई लाख ६५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका छन् । गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, […]

२०७९ बैशाख २९ गते, बिहीबार

टिपर सञ्चालनमा रोक !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी […]

२०७९ बैशाख २९ गते, बिहीबार

मतदाता परिचयपत्र वितरण गरिदै

काठमाडौं । निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन […]

२०७९ बैशाख २८ गते, बुधबार

माकेका निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जन नेकपामा प्रवेश

काठमाडौं । कैलालीको घाेडाघाेडीमा माओवादी केन्द्रकातर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्षसहित दुई दर्जनले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । घाेडाघाेडी नगरपालिका वडा नम्बर १२ मा का २०७४ मा माओवादी केन्द्रका तर्फबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष पर्मा कुमार चाैधरी, सदस्यहरु प्रभु चाैधरी, मानबहादुर चाैधरी, चन्द्रा चाैधरी र ओमकला परियार लगायत दुई दर्जनले साेमबार नेपाल कम्युनिस्ट पार्टीमा […]

२०७९ बैशाख २७ गते, मंगलवार

भोलि रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द !

काठमाडौं । स्थानीय तह निर्वाचनकाे सुरक्षाका लागि सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो। मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र निर्वाचन प्रचार गर्न बन्देज लगाउने गरिन्छ। सीमावर्ती […]

२०७९ बैशाख २६ गते, सोमबार