समाज

वडाध्यक्ष गुरुङसहित ३ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङलगायत विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिए। प्रहरीले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ […]

२०८१ चैत्र १८ गते, सोमबार

आज ईद , देशभर सार्वजनिक बिदा

काठमाडौँ । मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाइन्छ । यस दिनमा इस्लाम धर्मावलम्बीहरुले पवित्र भइ मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ […]

२०८१ चैत्र १८ गते, सोमबार

पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-(भागको मौसम मूख्यतया सफा रहेको छ। आज दिउसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका […]

२०८१ चैत्र १३ गते, बुधबार

श्रमिक मोर्चा त्रिपुरासुन्दरी-काठमाडाैँ सम्पर्क समिति गठन

काठमाडौँ । श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाडाैं सम्पर्क समिति गठन भएको छ । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाबाट विविध कामको सिलसिलामा काठमाडाैंमा बसोबास गर्ने श्रमिक समुदायको सोमबार आयिजित भेलाबाट श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाडाैं सम्पर्क समिति गठन भएको हो ।ललितपुरको इमाडाेलमा भएको सो भेलाले विराज ल्वागुनको अध्यक्षतामा १५ सदस्यीय एक समिति गठन गरेको छ । अन्य पदाधिकारीहरुमा […]

२०८१ चैत्र १२ गते, मंगलवार

विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनको निजी निवास काठमाडौँ महानगरपालिका- १६, वनस्थलीबाट उनलाई पक्राउ गरेको हो । उनी विरुद्ध भ्रष्टाचार गरी गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले उजुरीका आधारमा उनीमाथि […]

२०८१ चैत्र ११ गते, सोमबार

यात्रुलाई दुःख दिने माथि कारबाही

काठमाडौँ । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३ सय ७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र […]

२०८१ चैत्र ११ गते, सोमबार

विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस । हरेक वर्षको मार्च २३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।प्रारम्भमा जल र जल […]

२०८१ चैत्र १० गते, आईतवार

देशैभरि मौसम बदली, पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी प्रदेश र मभेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी र मभेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।कोशी प्रदेश, मभेस […]

२०८१ चैत्र ९ गते, शनिबार

विश्व पानी दिवस मनाइँदै

काठमाडौँ। आज २२ मार्च अर्थात विश्व पानी दिवस। ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण […]

२०८१ चैत्र ९ गते, शनिबार

आजदेखि तीन दिनसम्म हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना छ ।महाशाखाकी मौसमविद प्रतिभा […]

२०८१ चैत्र ८ गते, शुक्रबार