समाज

मानव अधिकार आयोग दशैंमा खुला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने जनाएका छन । विज्ञप्तिमा दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ । आयोगले सो अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर […]

२०७७ कार्तिक ६ गते, बिहीबार

बालगृहमा अलपत्र ११ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।उद्धार गरिएकामध्ये सात बालबालिकालाई […]

२०७७ कार्तिक ५ गते, बुधबार

राजधानीको २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आज वाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।आज एक कार्यक्रमका वीच रोटरी क्लव अफ त्रिपुरेश्वरका […]

२०७७ कार्तिक ४ गते, मंगलवार

विद्युतीय शवदाह गृहमा ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याइने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । विद्युतीय शवदाह स्थलमा रहेको तीन यन्त्रमध्ये विद्युत् भारका कारण अधिकतम् दुईवटामात्र सञ्चालनमा ल्याउन सकिने भएपछि तेस्रोमा १०० किलोग्राम दाउरा भरी शव राखेर बन्द गर्ने गरी सञ्चालनमा ल्याउन लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले […]

२०७७ कार्तिक ४ गते, मंगलवार

नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बैतडीमा दुई किलोमिटर घोडेटो बाटो निर्माण गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाको चार नम्वर वडा, मठैराजको ढाँणमा पार्टीका जिल्ला इन्चार्ज किरणको नेतृत्वमा बाटो निर्माण गरिएको पार्टीका वैतडी जिल्ला सचिव राजेन्द्र विष्ट ‘परिवर्तन’ ले बताएका छन् ।दोगडा केदार गाउँपालिका एक नम्वर वडा रिम गोरगंका सयौं विद्यार्थीहरु माध्यमिक तहको शिक्षा अध्ययनका लागि […]

२०७७ कार्तिक ४ गते, मंगलवार

सार्वजनिक सवारीका चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर९फेस सिल० को प्रयोग अनिवार्य गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट […]

२०७७ कार्तिक ३ गते, सोमबार

खाद्यले प्रतिकिलो ५५० रुपैयाँमा खसी–बोका बेच्दै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रति किलोग्राम ५५० रुपैयाँका दरको खसी–बोकालाई बिक्करी शुरु गरेको छ । खाद्यले यो बजार मूल्यभन्दा किलोमा एक सय रुपैयाँ सस्तो रहेको जनाइएको छ । कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री थालिएको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिए ।कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी […]

२०७७ कार्तिक ३ गते, सोमबार

खुला ब्यायामशाला सञ्चालन

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा खुला ब्यायामशाला सञ्चालनमा आएको छ । करिब ११ रोपनी क्षेत्रफलमा बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला पार्क निर्माण गरिएको तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । ‘नगरवासीलाई स्वस्थ्य बनाउनका लागि पहिलो पटक खुला ब्यायामशालाको अवधारणा ल्याएको हो’, अध्यक्ष बुढाथोकीले भने, ‘बच्चादेखि जेष्ठ नागरिकसम्मलाई स्वस्थ्य राख्ने अभियानअन्तर्गत खुला […]

२०७७ कार्तिक २ गते, आईतवार

स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न आग्रह गरेका छन । उनले बजार आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी-बोका छुट्याइएकोले चिनेरमात्रै खरिद गर्न आग्रह गरेका हुन् । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसी-बोका र […]

२०७७ कार्तिक १ गते, शनिबार

आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । शनिबार आजदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखेर कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ […]

२०७७ कार्तिक १ गते, शनिबार