समाज

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ कोरोना संक्रमित थपिए

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६९८ , ललितपुरमा ७९ भक्तपुरमा ८२ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २ , ललितपुर र भक्तपुरमा […]

२०७७ आश्विन २ गते, शुक्रबार

आज विश्वकर्मा दिवस

काठमाडौं । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवस । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजकै दिन नेपालमा अमृत क्याम्पस(अस्कल)का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ ।यस वर्ष […]

२०७७ आश्विन १ गते, बिहीबार

नक्साल र कमलपोखरीमा ट्राफिक लाईट सञ्चालन

काठमाडौँ । काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाईट आजदेखि सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नं. १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं. ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडी) को ट्राफिक लाईट नयाँ जडान गरी सञ्चालनमा […]

२०७७ भाद्र ३१ गते, बुधबार

प्याजमा कालोबजारी गर्ने पक्राउ

काठमाडौं । प्याजमा कालोबजारी गर्ने सुनिल केसी बल्खु बजारबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । […]

२०७७ भाद्र ३१ गते, बुधबार

पछिल्लो २४ घन्टामा १,४५९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १,४५९ जना कोरोना भाइरस सङ्क्रमित थपिएको जनाएको छ । आज काठमाडौँ उपत्यकामा ६७६ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लाका ५५५, ललितपुरका ३५, र भक्तपुरका ८६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण भएको थियो । योसँगै नेपालमा […]

२०७७ भाद्र ३० गते, मंगलवार

नेवानिका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरो ना पुष्टि भएसंगै लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । उनीसँगै निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करमा पनि संक्रमण देखिएको छ ।

२०७७ भाद्र २९ गते, सोमबार

सर्वोच्च अदालतद्वारा नियमित सुनुवाइ शुरु

काठमाडौं । सर्वोच्च अदालतले कटौती गरेको सेवा प्रवाह नियमित गरेको छ । सर्वोच्चका प्रवक्ता भद्रकाली पोख्रेललेआजदेखि सबैप्रकृतिका रिट निवेदन, पुनरावेदन निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरूको प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ शुरु भएको बताए । उनले मुद्दा दोहोर्‍याइ पाउँ भन्ने निवेदन, मुद्दा फिर्ता तथा मिलापत्र […]

२०७७ भाद्र २८ गते, आईतवार

सिन्धुपाल्चोकमा भिषण पहिरो: ५ जनाको मृत्यु , २६ जना बेपत्ता, १८ वटा घर पुरिए

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले १८ वटा घर पुरिँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव भेटिएको छ । नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया […]

२०७७ भाद्र २८ गते, आईतवार

सामुदायिक वन उपभोक्ता समितिको कार्यालय उद्घाटन

काठमाडौँ । रोल्पास्तिथ परिवर्तन गाउपालिका वडा नं ३ साबिकको इरिवाङ गा.वि.स. वडा नं ६ को केवरीमा रहेको दुइखोली सुवाखोला सामुदायिक वन उपभोक्ता समितिले सम्मान तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त बन उपभोक्ता समितिका सदस्य धरमबहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रमलाई लोकेन्द्र चन्दले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका […]

२०७७ भाद्र २७ गते, शनिबार

‘विपतमा परेका नागरिकको जीविकोपार्जन सहज बनाउ ‘

काठमाडौँ । जनगणतान्त्रिक मञ्चले सरकारले विपतमा परेका नागरिकको जीविकोपार्जन सहज बनाउन कदम नचाले सङ्घर्षमा उत्रने बताएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रीय समन्वय समितिले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण, बाढीपहिरोलगायत समस्याका कारण विपत्मा परेका नागरिकको जीविकोपार्जन सहज बनाउन सरकारले सारात्मक कदम नचाले सङ्घर्षमा उत्रिने चेतावनी दिएको हो । मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले शुक्रबार […]

२०७७ भाद्र २७ गते, शनिबार