समाज

निर्माणाधीन भ्यूटावर विवादमा

काठमाडौं , १६ मंसिर । नागरिक उड्ययन प्राधिकरणले बिरोध जनाएपछि विराटनगर महानगरपालिकाले निर्माण गर्न लागेको भ्यूटावर विवादमा तानिएको छ । भ्यूटावरले बिमानस्थलको एयर ट्राफिकलाई अवरोध गर्ने देखिएपछि प्राधिकरणले बिरोध जनाएको हो ।विमानस्थल वरपर ४५ मिटर अग्लो संरचना बनाउन नपाइने नियम भए पनि महानगरपालिकाले बेवास्ता गर्दै भ्यूटावर निर्माणको काम अघि बढाएकोे नागरिक उड्ययन प्राधिकरणले जनाएको छ […]

२०७५ मंसिर १६ गते, आईतवार

पाल्पा-बुटवल सडक मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने

काठमाडौं, १५ मंसिर । पाल्पा-बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ । बुटवल-पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले […]

२०७५ मंसिर १५ गते, शनिबार

हार्डवेयर व्यवसायीको हत्या

काठमाडौ, १४ मंसिर । घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक गए राति एक व्यवसायीको हत्या भएको छ ।घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार बिहिबार बेलुकी करीब ८ बजेतिर घर्ती […]

२०७५ मंसिर १४ गते, शुक्रबार

दलित मुक्तिमोर्चाको राष्ट्रिय सम्मेलन फागुनमा

काठमाडौं , १३ मंसिर । दलित मुक्तिमोर्चा नेपालको राष्ट्रिय सम्मेलनमा फागुन महिनाको २७, २८ र २९ गते काठमाडौँमा हुने भएको छ । दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको मङ्सिर १० र ११ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । मोर्चाका आध्यक्ष डम्बरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति […]

२०७५ मंसिर १३ गते, बिहीबार

सावारी दुर्घटना , तीनको मृत्यु

काठमाडौं, १२ मंसिर । आज बिहान काठमाडौंको टेकुमा नम्बर नखुलेको सावारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु […]

२०७५ मंसिर १२ गते, बुधबार

आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ […]

२०७५ मंसिर १० गते, सोमबार

अाज महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, ९ मंसिर । आज नोभेम्बर २५ अर्थात महिलामाथि हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने साथै डिसेम्बर १० सम्म १६ दिन अभियान सञ्चालन गर्ने निर्णयअनुसार यो दिवस मनाइने गरिन्छ । नेपालमा ‘लैंगिक हिंसा र दुर्व्यवहार […]

२०७५ मंसिर ९ गते, आईतवार

प्रेस काउन्सिल पुरस्कार देवकोटा र बराललाई

काठमाडौं, ७ मंसिर । प्रेस काउन्सिल पुरस्कारबाट नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबरडटकमका सम्पादक अरुण बराल सम्मानित भएका छन् । छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले देवकोट र बराललाई ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने प्रेस काउन्सिल बैठकले निर्णय गरेको हो । पुरस्कारको राशि जनही दुई लाख ५० हजार रुपैयाँ रहेको […]

२०७५ मंसिर ७ गते, शुक्रबार

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, ६ मंसिर । भक्तपुरको बालकोटमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भइ हाल ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षीय मनोज पुर्वसांगी मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा राति नै मृत्यु भएको हो । प्रहरीका अनुसार कौशलटारबाट बालकोटतर्फ जाँदै गरेको बा४ख […]

२०७५ मंसिर ६ गते, बिहीबार

इँटा उद्योगका सुपरभाइजरको हत्या

काठमाडौं, ५ मंसिर । सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका म्यानेजरको मृत्यु भएको छ । बुधबार बिहान दुहबी नगरपालिका-९ मा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो।मोटरसाइकलमा आएका अज्ञात समूहले मर्निङवाकमा निस्किएका हुसेनमाथि गोली प्रहार गरेको थियो । अज्ञात समूहले हानेको गोली लागी […]

२०७५ मंसिर ५ गते, बुधबार