समाज

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडाैं, १६ कार्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको […]

२०७५ कार्तिक १६ गते, शुक्रबार

उखुको भुक्तानी नदिने अग्रवाल पक्राउ

काठमाडौं, १४ कात्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सन्चालक हुन् । इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीले रु ८ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर […]

२०७५ कार्तिक १४ गते, बुधबार

तिहारकालागि दुई लाख माला आयात गरिने

काठमाडौं, १३ कात्तिक । फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस वर्षको तिहारका लागि दुई लाख बढी माला आयात गरिने बताएका छन । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि दुई लाखभन्दा धेरै माला आयात गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस वर्ष […]

२०७५ कार्तिक १३ गते, मंगलवार

दुर्घटनामा एक जनाको मृत्यु, दुईजना घाइते

काठमाडौं, १३ कार्तिक । आज बिहान काठमाडौंको बसुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको छ । गम्भिर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । रिजालले चलाएको बा६८प ७४७८ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा […]

२०७५ कार्तिक १३ गते, मंगलवार

‘सरकारले वाचा पूरा गरेन’

काठमाडौं, १० कात्तिक । झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरे । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो । लगत्तै तत्कालीन सरकारले गौतमलाई […]

२०७५ कार्तिक १० गते, शनिबार

नाम ‘संघीय गणतन्त्र’, मुद्दा छिन्ने शैली ‘पञ्चायती’

काठमाडौं , ८ कार्तिक । नरहा गाउँपालिकाको न्यायिक समितिमा ५० वटा मुद्दा छन् जसमध्ये १० वटा मद्दा छिनोफानो भइसकेको छ। न्याय निरूपण गर्ने यो संरचना नयाँ भए पनि शैली भने पुरानै छ। गाउँघरमा वर्षौंदेखि हुँदै आएको ‘पञ्चायती’ पारामै मुद्दा छिनोफानो गरिँदै आएको छ। गाउँका अगुवा, पक्षविपक्ष र न्यायिक समितिका पदाधिकारी बसेर दुवै पक्षका कुरा सुनेर […]

२०७५ कार्तिक ८ गते, बिहीबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं, ७ कार्तिक । आज कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं समापन भएको छ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैँ समापन गरिने प्रचलन छ । रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो […]

२०७५ कार्तिक ७ गते, बुधबार

शसस्त्र प्रहरीका सहायक हवलदार घुस लिदै गर्दा पक्राउ

काठमाडौं, ६ कात्तिक । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत शसस्त्र प्रहरी सहायक हवलदार चन्देश्वर गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात नियन्त्रणमा लिएको छ । उनलाई भारतीय बजारबाट अबैध रुपमा भित्रिने मालसमान ओसारपोसारमा सहज बनाई दिने भन्दै घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास, महोत्तरीका प्रकाश मैनालीको नेतृत्वको टोलीले गोप्य […]

२०७५ कार्तिक ६ गते, मंगलवार

पत्रकार हुमागाईको निधन

काठमाडौं, ४ कार्तिक । क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार निधन हुन पुगेको छ । कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो ३ ः ५० मा निधन भएको हो । हुमागाईको आइतबारै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । क्रान्तिकारी माअाेवादी निकट पत्रकार […]

२०७५ कार्तिक ५ गते, सोमबार

बस दुर्घटना, ५ जनाकाे मृत्यु, ५१ घाइते

काठमाडौं, ४ कार्तिक । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको र ५१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन । उनले अहिलेसम्म मृतकहरुको […]

२०७५ कार्तिक ४ गते, आईतवार